back
NMB ad

राष्ट्रपतिका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिकः नयाँ विषयमा बहस सुरु

Kumari bank ad

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुस सँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् ।

विशेष गरी ती मेलमा एक जना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन् ।

उक्त इमेलको जवाफमा डोनाल्ड ट्रम्पका जेठा छोरा जुनियर ट्रम्पले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै खुसीको कुरा हुने बताएका छन् ।

त्यसपछि ती रुसी अधिकारीले ती मेलहरु ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन् । ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको बताएका छन् ।

गत वर्षको राष्ट्रपतीय चुनावमा रुसीले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको कुरा सो मेलमा लेखएिको छ ।

उक्त इमेलमा रुसी वकिलले आफूले निर्वाचनका समबन्धमा सम्वेदनशील सूचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ भनेर जवाफ लेखेका छन् । यस वार्तालाप उनले नै मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इमेल प्रकरण केही दिनसम्म बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको पनि ट्रम्पका छोराले स्वीकार गरेका छन् ।

उनी हाल घरजग्गा किनबेच गर्ने ब्यवसायी हुन र उनले बुबा राष्ट्रपति भएपछि उनको समेत व्यापार सम्हालेर बसेका भनी यसअघि नै बताइएको थियो ।

यति बेला यो इमेल प्रकरणको खुलासालाई अमेरिकामा विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया दिइएको छ । कतिपयले यसलाई पारदर्शीताको उदाहरण भनेका छन् भने कतिले भने दुखको कुरा र बाहिर ल्याउन नमिल्ने सम्वेदनशिल भएको पनि बताएका छन् ।

इमेलहरुबाट रुसी सरकारले ट्रम्पको चुनावी अभियानलाई सूचना उपलब्ध गराउन चाहेको र उनलाई बिजयी गराउनका लागि सहयोग पुग्नेगरी काम गरिएको देखिएको कतिपयको विश्लेषण छ ।

यो प्रकरणको खुलासासँगै अमेरिकी अधिकारीहरुले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए नभएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

साथै यसबाट यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको चर्चा निकै चलेकोमा फेरि एकपटक सतहमा आएको विश्लेषकहरुको भनाई छ ।

यसअघि सो अभियानका बारेमा गरिएका प्रश्नमा राष्ट्रपति ट्रम्पले स्वीकार नगर्ने गरेकोमा अहिले यो वास्तविकता बाहिर आएको पनि बताइएको छ ।

प्रकाशित मितिः २०७४ असार २८

वि.सं.२०७४ असार २८ बुधवार १२:०० मा प्रकाशित

You can share this post!

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...