back
NMB ad

दिदिनै भेडापालन व्यवसाय संकटमा

Kumari bank ad

सल्लेरी, सोलुखुम्बु । हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताए ।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसमअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने व्यवसायी बताउँछन् । अहिले हिमालमा चिसो शुरु भएकाले मध्यपहाडी भेगका जंगलमा अधिकांश भेडागोठ झर्दै गरेको पाइन्छ ।

मुक्लीका परशुराम गुरुङले चिसो याममा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र फेरि गर्मी याम शुरु भएपछि क्रमशः फर्काउने बताए । “भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रमअनुसार गोठ सार्नुपर्छ”, उनले भने ।

भेडापालन पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, सोलुखुम्बुको सल्यान–५ का भेडापालक जकशेर राईले भने, “परिवार, चाडपर्व केही भन्न पाइन्नँ ।” भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशा नै संकटमा पर्दै जान थालेको उनको भनाइ छ ।

चरनका लागि माथिल्लो क्षेत्र खुल्ला हुने भए पनि तल्लो क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूहले चरन उपलब्ध नगराउँदा समस्या हुने गरेको व्यवसायी बताउँछन् । “मौसमअनुसार सबै क्षेत्रमा भेडा डुलाउनुपर्ने भए पनि केही सामुदायिक वनमा चरिचरनमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ”, मुक्लीका खड्गबहादुर गुरुङले गुनासो गरे ।

मुख्यतः पूर्वी पहाडका गुरुङ जातिको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समयमा सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण पनि व्यवसायमा असर पर्न थालेपछि भेडापालन व्यवसाय नै संकटमा पर्दै जानथालेको छ ।

भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकका रुपमा प्रयोग गरिने पाखी तयार गरिन्छ । हिन्दू धर्मवालम्बीका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुने भएकाले यसको महत्व रहेको जानकारहरु बताउँछन् । भेडाको ऊनको महत्व बढी भए पनि व्यवसाय नै संकटमा पर्न थालेको छ । भेडापालनका लागि चरन, व्यवसायप्रति युवापुस्ताको चासो क्रमैसँग घट्नु जस्ता विभिन्न चुनौती देखिएको छ । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७४ कार्तिक ५

वि.सं.२०७४ कात्तिक ५ आइतवार ११:०० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...