back
NMB ad

तरकारी खेतीबाट लाखौं कमाउँदै युवा, विदेश गएका पनि फर्किन थाले

Kumari bank ad

काभ्रे। उग्रचण्डी नाला गाविस– ४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल छन्। विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन गर्न थालेपछि उनी आर्थिक रुपमा सवल भएका हुन् ।

टनेल राखेर तरकारीखेती गर्न थालेपछि नसोचेको आम्दानी गर्न सकेको सञ्जेल बताउँछन् । टनेल खेतीबाट एक वर्षमै एक रोपनी जग्गाबाट रु दुई लाख ५० हजार आम्दानी गरेको उनको भनाइ छ ।

विगत पाँच वर्षदेखि १३ वटा टनेल राखेर सञ्जेलले बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। टनेलभित्र उत्पादन गर्दा बेमौसमी तरकारी खेतीबाट किसानले मौसमी खेतीभन्दा दोब्बर उत्पादन लिनसक्छन् ।

“तरकारीको आम्दानीले पाँच जनाको परिवार धान्न सजिलो भएको छ,” उनले भने।सञ्जेल जस्तै यहाँका अन्य स्थानीयवासी पनि अहिले टनेल खेतीप्रति निकै आकर्षित भएका छन् । सुरुमा आफूले ६ वटा टनेलमा तरकारी उत्पादन गर्दै आएकोमा त्यसबाट मनग्य आम्दानी भएपछि थप सातवटा टनेल राखेको अर्का किसान नवराज सञ्जेलले बताए।

केही वर्ष रोजगारका लागि मलेसिया पुगेका उनी स्वदेश फर्किएपछि पर्याप्त आम्दानी हुने देखेर तरकारी खेतीतर्फ आकर्षित भए । खुल्ला ठाउँमा तरकारीखेती गर्दा चाँडै बिग्रने थाहा पाएर उनले टनेल बनाएर तरकारीखेतीमा लागे।

“विदेशको भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको छु,” उनले भने। टनेलमा तरकारीखेती गर्दा खुल्ला ठाउँमा भन्दा कम खर्च हुने गरेको उनले बताए । नेपालबाट बर्सेनि लाखौं युवा विदेश पलायन हुने गरेका छन् । कतिपयले त अकालमै ज्यान समेत गुमाउने गरेका छन् ।

स्वदेशमै बसेर मेहनत गरेर पढाइ र खेती गरे पर्याप्त आम्दानी गन सकिने स्थानीयवासी २३ वर्षीय साजन श्रेष्ठ बताउँछन्। । स्नातकोत्तर तहमा अध्यनरत श्रेष्ठले विगत पाँच वर्षदेखि पढाइ र टनेलखेती दुवैलाई निरन्तरता दिँदै आएका छन्।

“स्वदेशमै मेहनत गरे आम्दानी गर्न सक्ने थुपै्र सम्भावना छन्,” श्रेष्ठले भने। परिवारसँगै रहेर काम गर्दा हौसला समेत मिलेको उनको भनाइ छ।
जिल्ला कृषि विकास कार्यालयमा बर्सेनि पाँच हजारभन्दा बढी किसानले टनेल खेतीका लागि निवेदन दिने गरेका छन् ।

“वर्षमा ५०० जनालाई मात्र टनेलका लागि रकम उपलब्ध गराउने गरेका छौँ,” बाली विकास अधिकृत थर्क जिसीले भने । टनेलमा तरकारीखेती गर्दा तरकारीको सुरक्षा र उत्पादन बढी गर्न सकिने उनी बताउँछन्।

जिल्लामा करिब एक हजार किसानले टनेल बनाएर तरकारीखेती गर्दै आएका छन् । टनेलमा गोडभेँडा, काउली, लसुन, बन्दागोभी, बोडी, काँक्रोलगायत तरकारी उत्पादन गर्न सकिन्छ । टनेल निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।

१७ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १७ मंगलवार १५:०० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...