back
NMB ad

व्यवसायिक तरकारी खेतीमा मुसहर समुदाय

Kumari bank ad

सिराहा । गोलबजार नगरपालिका–३ भाँगबारीकी भुली सदायको जिवनशैली बदलिएको छ । साहुको खेतमा श्रम गरेबापत पाइने ज्यालाबाट गर्जो टार्ने जिवनशैली बदल्न उनी आफैंले व्यावसायिक तरकारी खेती सुरु गरेकी छिन् ।

साहुको खेत लिज ९भाडा०मा लिएर महिलाको समूह बनाएर व्यावसायिक रुपमा सामूहिक तरकारी खेती सुरु गरेकी भुलीको समूहमा २० जना मुसहर महिला छन् । प्रतिपरिवार दुई कट्ठाको दरले जमिन लिज लिएर तरकारी खेतीलाई सामूहिक र व्यावसायिक रुपमा सुरु गरेको उनले बताइन् । ‘हाम्रो समूहमा ४० कट्ठा खेत छ,’ उनी भन्छिन्, ‘३० कट्ठामा भेन्टा र १० कट्ठामा हरियो खुर्सानी रोपेका छौं ।’

भाँगबारीका मुसहर बस्ती मात्र नभई मुसहरनिया, निपनिया र चोहर्वाका विपन्न मुसहरले पनि जग्गा भाडामा लिएर सामूहिक रुपमा व्यावसायिक तरकारी खेती थालेका छन् । मुसहरनियाका २०, निपनियाका १२ र चोहर्वाका आठ घरधुरी मुसहर परिवारले व्यावसायिक तरकारी खेती सुरु गरेका छन् ।

‘अरुको खेतमा श्रम र सीप खर्च गरेर पेट पाल्न मुस्किल थियो,’ श्रीवती सदाय भन्छिन्, ‘जति श्रम गरे पनि साहुकै ऋणी भएर बाँच्नुपर्ने बाध्यता थियो ।’ अब आफ्नो सीप र श्रम आफ्नै खेतमा उपयोग गरेर जीवन बदल्ने लालसा बढेको उनले सुनाइन् ।

यी बस्तीका मुसहरलाई अत्मनिर्भर बनाउने अभियानमा गुरुधामका किसान माधव थपलियाले निःशुल्क सहजीकरण गरिरहेका छन् । बेर्ना उमार्नेदेखि तरकारीका बिरुवा रोप्ने, गोडमेल गर्ने काममा थपलियाले सहजीकरण गरिरहेको श्रीवतीले बताइन् ।

‘मुसहरको उत्थानका निमित्त परीक्षण स्वरुप ६० घरधुरी छानेर व्यावसायिक तरकारी खेती सुरु गरिएको छ,’ थपलियाले भने, ‘तरकारी बेचेर हुने आम्दानी सबै मुसहर समूदायकै महिलाको हुन्छ ।’ आर्थिक रुपमा सबल बनाएर उनीहरुको सीपलाई व्यावसायिक र उत्पादनलाई बजारीकरण गराएर आत्मनिर्भर बनाउने लक्ष्य रहेको थपलियाले सुनाए ।

मुसहर समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिरहाबाट सुरु गरिएको परीक्षण योजनालाई सामुदायिक आत्मनिर्भर केन्द्र काठमाडौंले १२ लाख रुपैयाँ सहयोग गरेको छ ।

जेठ १५ पछि मनसुन सुरु हुन्छ । मनसुन लागेपछि सिमावर्ती भारतीय खेतहरु डुब्छन् । त्यो बेला सिमावर्ती क्षेत्रमा तरकारीको हाहाकार पर्छ । र, ती क्षेत्रका तरकारी व्यापारी यस क्षेत्रमा तरकारी किन्न आउँछन् । यो सिजनमा यहाँका तरकारी किसानको घरमै तरकारी किन्न भारतीय व्यापारीको लर्को लाग्ने गरेको तरकारी किसान थपलिया बताउँछन् । ‘जेठ मध्यबाट बढ्ने तरकारीको माग मिथिलाञ्चलको महान पर्व छठसम्मै उच्च रहन्छ,’ उनले भने । यो सिजनमा भेन्टाको थोक मूल्य प्रतिकिलो ४० देखि ६० रुपैयाँ हुन्छ भने हरियो खुर्सानी प्रतिकिलो सयदेखि एक ५० रुपैयाँ थोकमा बिक्री हुने थपलिया बताउँछन् ।

तरकारीको माग उच्च हुने सिजनलाई लक्ष्य गरी यस क्षेत्रका मुसहरहरुले भेन्टा र हरियो खुर्सानी खेती सुरु गरेका हुन् । यस अवभिमा प्रत्येक मुसहर परिवारले एक लाख रुपैयाँसम्म आर्जन गर्न सक्ने आँकलन गरिएको छ । कृषि यन्त्र र उपकरण प्रयोग गरेर खोती हुन थालेको थपलिया बताउँछन् ।न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ बैशाख २९

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०९:२८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...