back
NMB ad

गाडीको कर्जामा सीमा तोक्दै राष्ट्र बैंक, बढ्ला कि घट्ला ?

Kumari bank ad

काठमाण्डौं । राष्ट्र बैंकले अस्वभाविक रुपमा साना सवारी साधनमा कर्जा गएको भन्दै गाडी कर्जामा सीमा तोक्ने संकेत गरेको छ।गभर्नर डा। चिरञ्जिवी नेपालले बैंकर्स संघका अध्यक्ष अनिल शाह, विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछाने, फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतसँग छलफलको क्रममा सीमा तोक्ने संकेत गरे।

गाडी कर्जामा पनि ुलोन टु भ्यालुु अनुपात तोकिने उनले जानकारी दिए। अहिलेसम्म कुल लगानीको यति प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्छ भनेर घरजग्गाररियलस्टेट र शेयर धितो कर्जामा सीमा तोकेको छ।

गाडीमा अत्याधिक लगानी भएकाले त्यसलाई नियन्त्रण गर्न सीमा तोक्ने भएको हो। ुबैंकहरुले ९० प्रतिशतसम्म फाइनान्सिङ गरेको पाइयोु गभर्नरले भने, ुयसमा सीमा तोक्नु पर्ने हो कि भन्ने हामीलाई लागिरहेको छ।ुपछिल्लो समयमा साना सवारी साधनको अस्वभाविक आयात बढेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा १० अर्ब ४० करोड रुपैयाँ बराबरको साना सवारी साधन भित्रिएको छ। यो अवधिमा १३ हजार पाँचसय ४७ वटा कार, जिप र भ्यानहरु आयात भएका छन्। यो गत वर्षभरीको भन्दा बढी हो।बैंक तथा वित्तिय संस्थाले सवारी साधन कर्जा साढे ६ प्रतिशतमा दिने गरेका थिए।कर्जा सस्तो भएका कारण साना सवारी साधन किन्ने बढेका थिए।

गत वर्षभरी १२ हजार ३ सय ३२ वटा साना सवारी आयात भएको थियो। कार,जीप र भ्यान साना सवारी साधनमा पर्छ। राष्ट्र बैंकले गाडी कर्जा अस्वभाविक रुपमा बढेको भन्दै शोधानान्तर घाटामा जानसक्ने अर्थमन्त्रालयलार्इ जानकारी दिएको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकमा समेत गाडी कर्जा बढी रहेको भन्दै लगानीमा सचेतता अपनाउन सुझाब दिएको थियो।

२७ माघ २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ माघ २७ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...