back
NMB ad

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

Kumari bank ad

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड भएको छ । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गर्दा तोडफोड  भएको हो ।
प्रमुख उम्मेदवारको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

गाडी तोडफोड गर्ने रौनियारलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक महेन्द्र सिंहका अनुसार पुरैनाबाट फर्कदै गरेको बेलामा अकस्मात् गाडीको झन्डा भाँच्दै ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।

यसैबीच, प्रमुखका उम्मेदवार डा कनोडियाले निर्वाचनमा हिंसा र तोडफोड नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उनले भने “स्वस्थ प्रतिस्पर्धामा आउनुस्, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबै दलको जिम्मेवारी हो, जनताले जसलाई मन पराउँछन्, उसैलाई मतदान गर्छन् ।”

(फाइल फोटा)

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ११:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...