back
NMB ad

भिटोफ अध्यक्षमा ध्रुबको उम्मेदवारी किन ?

Kumari bank ad

ध्रुव सिंखडा, अध्यक्षका दाबेदार, भिटोफ नेपाल

 

काठमाडौ । भिलेज टुरीजम प्रमोशन फोरम (भिटोफ) नेपालको २० औं वार्षिक साधारण सभा यहि जुलाई ३१ का दिन हुन गईरहेको छ । संगै नयाँ नेतृत्व पनि चयन हुनेछ । भिटोफको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष ध्रुब सिंखडाले अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रस्तुत छ, भिटोफ नेपालमा अध्यक्षको दाबेदारी प्रस्तुत गरिरहेका ध्रुब सिंखडा सँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादित अंश ः

सर्वप्रथम भिटोफ नेपाल भनेको के हो ?

गाउँ पर्यटनलाई माथि उठाउन र प्रबद्र्धन गर्न २० वर्ष अगाडि स्थापीत संस्था नै भिलेज टुरीजम प्रमोशन फोरम (भिटोफ) नेपाल हो । अरु धेरै संस्था जस्तै लामो इतिहास रहेपनि केहि सिमित व्यक्तिको झोलामा भिटोफ नेपाल हिंडिरहेको थियो । तर पछिल्लो ५÷७ वर्ष देखि यो संस्थाले राष्ट्रिय महत्व पाएको छ । जहिलेसम्म गाउँ गाउँ सम्म पर्यटक पुग्न सक्दैन, तबसम्म पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हुन सक्दैन भन्ने उदेश्यका साथ संस्था अगाडि बढिरहेको छ ।

गाउँको प्रबद्र्धनका क्षेत्रमा भिटोफले के–के गर्छ ?

हाम्रा गाउँहरु पर्यटकीय आकर्षणका केन्द्र हुन् । साँस्कृतिक, प्राकृतिक लगायत सबै कुराले भरिपूर्ण र योग्य ठाउँहरुलाई प्रोडक्ट बनाएर त्यहाँ स्वदेशी र बिदेशीलाई भ्रमण गर्न योग्य बनाउने यसको योजना अनुरुप सबै किसिमको काम गर्छ ।

स्थापना दिवस मनाउँदै हुनुहुन्छ ?

अहिले यसले बिसौं वार्षिक साधारण सभा मनाउँदैछ । यो पर्यटनका अन्य संघ संस्था सरहकै संस्था हो । यसलाई सिमित केहि व्यक्तिहरुले झोलामा राखिरहेका थिए । ६÷७ वर्षदेखि यो ससक्तरुपमा अगाडि आईरहेको छ । भिटोफको २० औं वार्षिक साधारणसभा जुलाई ३१ मा हुँदैछ । र हाम्रो संधै एकै समयमा साधारणसभा हुन्छ, जुलाई ३१ लाई भिटोफ डे भनेर पनि मनाउँछौं । त्यहि दिन वार्षिक साधारण सभा तोकिएकै मितिमा हुन्छ ।

अध्यक्षका प्रत्यासीको रुपमा आफुलाई अगाडि बढाउनुभएको छ, होइन ?

अब सशक्तरुपले यो संस्थालाई अगाडि बढाउन सक्षम नेतृत्वको आवश्यकता परेको हुनाले अध्यक्षको दाबेदारी प्रस्तुत गरेको छु ।

Dhurba Simkhada1

अध्यक्षमा तपाईको दाबेदारी किन ? के गर्नुहुन्छ त्यहाँ पुगेर ?

हाम्रो देशमा निश्चित स्थानमा मात्र पर्यटकीय गन्तव्यको विकास भईरहेको छ । शहरमुखी पर्यटनलाई गाउँमुखी बनाउन आवश्यक छ । हाम्रा हरेक गाउँ गाउँमा पर्यटकीय सम्भावना छन् । ती स्थानहरुमा पर्यटकलाई पुर्याएर सम्पूर्ण नेपाली जनताले केहि राहत पाउन् । त्यहाँको जीवनस्तर उकास्नका लागि पर्यटकीय गतिबिधि नै सबैभन्दा उत्तम माध्यम हो । त्यसैले ती ठाउँको प्रबद्र्धन गर्नको लागि सरकारी निकाय र विभिन्न संघसंस्था सँग हातेमालो गरेर अगाडि बढाउन म सक्षम छु भनेर दाबेदारी प्रस्तुत गरेको छु ।

भनेको अब तपाई अध्यक्ष बन्नु भयो भने सबै डाँडा-डाँडामा पर्यटक पुग्न सक्छन् ?

डाँडा डाँडामा भनेको जहाँ सम्भाव्य छ, त्यस सम्भावित क्षेत्रमा हामीले प्रबद्र्धन गरिदिने हो । प्रबद्र्धन गर्ने काममा के–के गर्नुपर्छ भनेर स्थानीय सँग मिलेर काम गर्छाै । होमस्टे लाई हामीले महत्व दिएका छौं । त्यहाँ हरेक किसिमको सुबिधा दिनु आवश्यक छ । कम्तीमा पनि त्यहाँको होमस्टेलाई कसरी संचालन गर्ने ? के गर्ने ? भन्ने व्यवस्थित पार्ने योजना त्यो गाउँका मानिसहरुलाई दिन्छौं र त्यहिअनुरुप हामी प्रबद्र्धनात्मक कार्यक्रम गर्छाैं ।

सदस्यहरुलाई मलाई समर्थन गर्नुस् म यो यो काम गर्छु भन्ने पनि होला नि ?

यो संस्थामा म पुगिसकेपछि सम्भावित हरेक गाउँको पर्यटन प्रबद्र्धन गर्न लागि पर्नेछु । अहिलेसम्म सरकारबाट केहि सहयोग पाईरहेको छैन । पर्यटन बोर्डका कार्यक्रमहरुमा पनि हातेमालो गर्दै सबै सम्भाव्य क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्नेछौं । ओझेलमा परेका ठाउँहरुलाई उजागर गर्छाैं, प्रबद्र्धन गर्नेछौं ।

तपाइका लागि सबैको सहमति हुन्छ जस्तो लाग्छ ?

गाउँ पर्यटनको विकास गर्ने हो भने भिटोफ राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्छ । सहमति हुने वातावरण बनाईरहेका छौं । अहिले सम्म सहमति नै हुने स्थिति छ । भोलि यदि राजनीतिक हस्तक्षेप भयो भने पनि चुनाव जित्ने सुनिश्चित छ । ७० प्रतिशत भन्दा बढि व्यवसायी माझ काम गर्न सक्ने व्यवसायीको रुपमा आफुले परिचय बनाएको हुँदा उहाँहरुको माया पाएर म विजयी हुनेछु । तर त्यस्तो परिस्थिति नआउला । हामी कार्यसमितिमा कुनै विवाद छैन । बाहिर हस्तक्षेप भयो भने भन्न सकिन्न ।

अध्यक्ष बनेपछि साँच्चै गाउँको प्रबद्र्धन गरेर देखाउनु हुनेछ ?

जिम्मदिनुस्, म काम गरेर देखाउनलाई अगाडि बढेको हो । काम नगर्नलाई संघसंस्थामा जानु छैन । संघसंस्थामा पुगिसकेपछि उचाईमा पुर्याउने मेरो लक्ष्य हो ।

जुलाई ३१ अर्थात् साउन १६ गते भिटोफ डे र त्यहि दिन भिटोफको २० औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व छान्नेछ । पुराना ३ सय ८४ र नयाँ थपिएका सदस्यहरु जम्मा गरि भिटोफमा साँढे चार सय सदस्यहरु पुग्ने अनुमान गरिएको छ । नयाँ सदस्यको म्याद साउन ७ गते सम्म रहेको छ । २ वर्ष कार्यकाल रहने भिटोफमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र २ मनोनित सदस्य सहित १५ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ ।

प्रकाशित मिति ः २०७३ साउन ५

वि.सं.२०७३ साउन ५ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...