back
NMB ad

सापकोटाको नेतृत्वमा भिटोफमा सबै निर्बिरोध

Kumari bank ad

काठमाडौ । गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको आईतबार सम्पन्न २०औँ साधारणसभाले कमल सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

दुई वर्षे कार्यकालका लागि निर्बिरोध निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा राम घले, द्वितीय उपाध्यक्षमा दीपक दाहाल, महासचिवमा वासुदेव पाण्डे, सचिवमा जस्फा पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने र सह–कोषाध्यक्षमा कृष्णबहादुर सुवेदी रहेका छन् ।

यसैगरी सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुलप्रसाद सुवेदी, जङ्गबहादुर लामा र प्रकाश अर्याल चयन भएका छन् । दुई जना सदस्यलाई भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

साधारणसभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी १० वर्षमा २३ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ पर्यटन रणनीति ल्याइएको बताएका छन् ।

उनले नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक र जैविक विविधताले सम्पन्न भएको मुलुक भएकाले यहा पर्यटनको प्रशस्त सम्भावना रहेको भन्दै पर्यटनलाई कृषि सँग जोड्न सकिएमा स्वतः ग्रामीण पर्यटनको प्रवद्र्धन हुने विचार व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाले पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुले चुनाव(भोट) केन्द्रित सदस्यता विस्तार गरेर गाँउ पर्यटनको विकास गर्न नसकिने बताए । भिटोफले समग्र ग्रामिण क्षेत्रको पर्यटन विकास गर्ने किसिमका नीति नियम र सोहि किसिमका आकृतिहरु अगाडि ल्याउनुपर्ने उनको भनाई थियो ।

भिटोफका अध्यक्ष चित्रबहादुर गुरुङको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद टेकबहादुर बस्नेत, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पा, टे«किङ् एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, भिटोफका प्रमुख सल्लाहकार प्रा.डा. प्रेम शर्मा, पर्यटनविद् रविजङ्ग पाण्डे,ठमेल पर्यटन परिषदका अध्यक्ष रामशरण थपलिया लगायतले गाउँ पर्यटनको विकास र प्रवद्र्धनका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति २०७३ साउन १६

वि.सं.२०७३ साउन १६ आइतवार १८:३१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...