back
NMB ad

ठगीको आरोपमा भारतीय व्यापारी विजय मालिया लण्डनमा प्रकाउ

Kumari bank ad

एजेन्सी–विवादास्पद भारतीय व्यापारी विजय मालियालाई बेलायतको राजधानी लन्डनमा प्रकाउ गरिएको बेलायती प्रहरीले बताएको छ । उनलाई लन्डन महानगरीय प्रहरीको सुपुर्दगी विभागले ठगीको आरोपमा भारतीय प्रशासनको आग्रहमा प्रकाउ गरेको बताइएको छ ।

भारतले मालियाको रुग्ण किङ्फिसर एयरलायन्समार्फत आर्थिक अनियमिता गरेको आरोपमा उनलाई सुपुर्दगी गर्न बेलायतसमक्ष माग गर्दै आइरहेको थियो । प्रकाउ परेका मालिया क्रिकेट र मोटर रेसिङसमेतको इच्छा राख्ने व्यक्ति रहेको बिबिसीले जनाएको छ । उनलाई बैंकको छ सय मिलियन पाउण्ड स्टे«लिङ बराबर ऋण रहेको बताइएको छ । तर मालियाले भने आफूले कुनै गल्ती नगरको बताउँदै आएका छन् ।

मालियालाई वेस्टमिन्सटर म्याजिस्ट्रेसको अदालतमा मंगलबार अबेर उपस्थित गराइएको छ । मालियाले किङ्फिसर ब्राण्डमा नागरिक उड्डयन र फर्मुला वान रेसमा व्यापारमा सफलता प्राप्त गरेका थिए । उनी एफ् वान टिम फोर्स इन्डियाका सह–मालिक र इन्डियन प्रिमियर लिग क्रिकेट आधिकारिक क्लब रोयल च्यालेन्जर्स बैंगलोरका मालिकसमेत हुन् ।

नागरिक उड्डयनमा रहेको उनको किङफिसर एयरलायन्स भने सन् २०१२ मा ग्राउन्डेड भएको थियो र उसको उडान अनुमति पनि त्यहि वर्ष खारेज भएको थियो । लगातार पाँच वर्षसम्म घाटामा गएपछि र ऋणदाताहरुले नयाँ ऋण थप्न अस्वीकार गरेपछि किङफिसर खारेज भएको थियो ।

गत वर्षको मार्च महिनामा बेलायती ड्रिंक्स कम्पनीबाट छुट्टिदाँ पाउनुपर्ने ७५ मिलियन अमेरिकी डलर लिनबाट पनि मालियालाई रोकिएको थियो । कम्पनीबाट निकालिएपछि उनले उक्त रकम पाउन लागेका थिए तर उनलाई ऋण दिएका बैंक र लगानीकर्ताले मालियाले लिएको ऋण तिर्न उक्त रकम खर्च गनुपर्ने माग गरेका थिए । गत वर्षको अप्रिल महिनामा भारत सरकारले मालिएको राहदानी खारेज गरेको थियो । गत वर्षको मे महिनाबाट भारतले मालियालाई सुपुर्दगी गर्न बेलायतसँग माग गरिरहेको थियो ।

प्रकाशित मितिः २०७४ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार १४:०८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...