back
NMB ad

जब भिखारीकै ७५ लाखको कार !

Kumari bank ad

इङ्ल्याण्डको कोर्नवाल काउन्टीका भिख माग्दै हिँड्ने एक भिखारीले महंगो कार चढ्ने गरेको सार्वजनिक भएपछि स्थानीयहरु रुष्ट देखिएका छन् । भिख मागेर गुजारा चलाउने माथियु ब्रिटोनले अडि टिटी कार किनेपछि स्थानियहरु उनीसँग रुष्ट देखिएका हुन् । ब्रिटोन यस क्षेत्रमा चिनिएका मगन्ते हुन् ।

उनले वषौदेखि यस क्षेत्रमा माग्दै आएका थिए । तर पछिल्लो समय ब्याङक स्ट्रिट नजिक ७० हजार अमेरिकी डलर पर्ने कारमा उनी बसेको भिडियो फेसबुकमा शेयर भएपछि उनलाई स्थानियहरुले ज्यान मार्ने धम्की समेत दिएका छन् ।

३५ वर्षका माग्ने ब्रिटोनले भने यो कार आफ्नी हजूरआमाको रहेको र अंशबापत पाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा शेयर भएपछि यो कार चोरी भएको र ज्यान मार्ने धम्की आएका कारण डर लागेको प्रतिक्रिया दिएका छन् । ‘मैले कुनै पनि समाजिक सञ्जाल हेरेको छैन् किनकी इन्टरनेटमा मेरो पहुँच छैन् । तर प्रहरीका अनुसार मलाई ज्यानको खतरा छ । मानिसहरुले विभिन्न अनुमान लगाएर मलाई दुव्यर्हार गरेका छन् । ’

गत फेब्रुअरी १८ मा फेसबुकमा उनले कार चढेको भिडियो सार्वजनिक हुनासाथ नाकारात्मक कमेन्टहरुको ओइरो लागेको थियो । उनलाई पैसा दिने व्यक्तिहरुले आफू ठगिएको भन्दै उनको सत्तोसराप गरेका थिए । ‘ मलाई अचम्म लागिरहेको छ कि एक वृद्धले समेत उनलाई ४० पाउन्ड दिएका थिए ।

उनले हामीलाई गरिबीको नाममा ठगेका रहेछन्,’– फेसबुकमा एक व्यक्तीले लेखेका छन् । त्यस्तै अर्का व्यक्तिले लेखेका छन्–‘मेरो ८ वर्षको छोराले भनेपछि मैले उनलाई पानी र तातो खानेकुरा दिने गरेको थिएँ । मेरा दुई छोराले ठगिएको महसुस गरे । तर ,मैले प्राय घरबारविहिनहरु उनीजस्तो फटाहा हुदैँनन् भनेर छोराहरुलाई संझाएको छु ।’

स्थानिय प्रहरीले भने ब्रिटोन ठग नभएको जनाएको छ । प्रहरीले उनले आफ्नो आफन्तको निधनपछि पर्याप्त पैसा पाएपनि सबै पैसा सकिसकेको बताएको छ । प्रहरीले उनीसँग अहिले पैसा पनि नरहेको बताएको छ । प्रहरी इनिस्पेक्टर डेम मेरिडिथले उनलाई ज्यान मार्ने धम्की आएका कारण सर्तक रहन आग्रह गरेको बताए । डेम भन्छन्–‘यो केस आफैमा दुखद छ । हामीले वर्षौदेखि उनलाई चिनेका छौ र उनी ठग होइनन् ।’

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार ११:३० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...