back
NMB ad

आवाजबाटै अपराधी पहिचान

Kumari bank ad

काठमाडौं । विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्‍यो । त्यसपछि साहको आवाजको नमूना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’ मार्फत परीक्षण गर्दा आवाज साहकै भएको पुष्टि भयो ।

पक्राउ परेका अन्य आरोपीको बयानसँगै आवाज परीक्षणको प्रमाणले उनी पुर्पक्षका लागि थुनामा गए । साह प्रहरी अपराध महाशाखामा कार्यरत थिए ।

साहमाथिको अनुसन्धान प्रहरीले सुरु गरेको आधुनिक प्रविधिमा आधारित अनुसन्धानको प्रभावकारिताको सफल नतिजामध्ये एक हो। प्रहरीले गम्भीर प्रकृतिका ५० बढी घटनाको अनुसन्धानमा भ्वाइस इस्पेक्ट्रअ एनालाइजरको प्रयोग गरेको छ भने हजार बढीको पोलिग्राफ परीक्षण गरेको छ।

भ्वाइस एनालाइजरको परीक्षण जनकपुर बम काण्डको अभियुक्तबाट सुरु भएको थियो । घटनामा सञ्जय साहको संलग्नताको आशंका भए पनि प्रमाणका आधारमा प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन ।

उनी पनि एनालाइजरकै फन्दामा परेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार ५

वि.सं.२०७३ असार ५ आइतवार ०९:४० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...