back
NMB ad

हेर्दा हेर्दै भोजपुर सदरमुकाम आगोले सखाप ! आगो नियन्त्रणमा(फोटोकथा)

Kumari bank ad

भोजपुर सदरमुकाममा आइतबार ५ बजेतिर लागेको आगलागीबाट भोजपुर सदरमुकाम सखाप भएको छ । भोजपुर सदरमुकामको मिलन ज्वेलर्सबाट आगलागी सुरू भएको थियो ।
Agalagi Vojpur2
पसलमा रहेको ग्यास पट्केर आगलागी भएको बताइएको छ । आगलागीबाट पाँच घर पूर्ण रूपले जलेर नष्ट भएका छन् भने ८ घरमा आंशिक रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक राधाप्रसाद पराजुलीले बताए ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन् । आगलागीमा बद्री राणा, लालबहादुर विक र गणेश श्रेष्ठको घर नष्ट भएको बताईएको छ । हाल आगो नियन्त्रणमा आएको छ ।

Agalagi Vojpur Agalagi Vojpur1

आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी, सेना खटिएका थिए । वारूण यन्त्रको समेत प्रयोग गरिएको थियो । जस्ता पाताको छानो, पुराना र लहरै बस्तीका कारण आगो नियन्त्रणमा समस्या परेको हो । झुरुप्प बस्तीका कारण आगलागी हुँदा भोजपुर सदरमुकाम सधै जोखिममा रहँदै आएको छ ।

तस्विरः राजेन्द्र राईको फेसबुकबाट

प्रकाशित मितिः २०७३ मंसिर ५

वि.सं.२०७३ मंसिर ५ आइतवार १९:१४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...