back
NMB ad

१५ वर्षमै आर्मी बनेका जियानलिन एसियाकै उत्कृष्ट सिइओ !

Kumari bank ad

वाङ जियानलिन चीनकै सबैभन्दा धनी व्यक्ति हुन् । उनलाई फोब्र्स म्यागजिनले विश्वकै २०औं धनी भित्र राखेको छ । मात्र १५ वर्षको उमेरमा चीनको सैनिक बन्न पुगेका उनी अहिले विश्वकै धनी व्यक्तिहरुमा गनिन्छन् । त्यतिबेला राइफल र भारी झोला बोकेर हिउँमा हातगोडाको सहायताले हिँड्ने वाङ अहिले विभिन्न विश्व प्रसिद्ध कार्यक्रमहरुमा रेड कार्पेटमा हिँड्ने गर्छन् । कसरी पाए त उनले यस्तो सफलता ?

सिचुवान प्रान्तमा सैनिक पृष्ठभूमि भएको परिवारमा वाङको जन्म भएको थियो । उनका पिता पनि सैनिक थिए । पाँच दाजुभाइमा सबैभन्दा कान्छा उनी पनि सैनिक बने । सैनिकको जीवन कष्टकर थियो । कम्युनिजमको कठोर समर्थक उनका पिता पुँजीवादलाई परास्त गर्नका लागि सैनिक बन्नुपर्ने मान्यता राख्थे । तर यसको विपरित वाङले सैनिक पेशाबाट अवकाश लिए र व्यापार व्यवसायमा हात हाल्न थाले ।

जब जब सफलताको कुरा आउँछ तब केही मानिसहरु सिधा करिअरको बाटो अपनाउने गर्छन् भने केही मानिसहरु आफ्नो जीवनमा विभिन्न प्रकारका प्रयोग गरिरहन्छन् । संसारमा जति पनि सफल मानिसहरु छन्, ती मध्ये धेरैले एकै पटक सफलता पाएका छैनन् । उनीहरुले यसका लागि पटक पटक धेरै कामहरु गरेका छन् । एउटाबाट अर्को कुराको सुरुवात गरेका छन् । जिन्दगीको सुरुवातमा तिमीले कति कमाउँदैछौं भन्दा पनि तिमीले कति सिक्दैछौ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यो कुरालाई छिमेकी देश चीनका सबैभन्दा धनी व्यक्ति वाङ जियानलिनको जीवनबाट पनि जान्न सकिन्छ ।

सैनिक जीवन
सन् १९७० र १९८६ को बीचमा वाङले सैनिकका रुपमा देशको सेवा गरे । उनी त्यतिबेला मात्र १५ वर्षको थिए । उनलाई त्यतिबेला राजनीतिमा पनि रुचि थियो । जब उनी सैनिकका रुपमा कार्यरत थिए तब उनले धेरै रात हिउँ खनेर त्यहाँ सुरुङ बनाएर बिताएका थिए । उनी अहिले पनि भन्ने गर्छन् कि सैनिक जीवनले उनलाई आफ्नो जिन्दगीमा कसरी अनुशासित बन्ने र कुनै पनि कुरा प्राप्त नगरिन्जेलसम्म लड्ने शिक्षा सिकाएको बताउँछन् ।

राजनीति
उनी पछि चीनको कम्युनिष्ट पार्टीमा आबद्ध भए । उनले चीनियाँ राजनीतिमा धेरै नै योगदान पु¥याएका छन् । चीनियाँ सरकारसँग उनी नजिक हुनुको एउटा कारण भनेको उनको व्यवसाय नै हो । किनभने रियल स्टेट सरकारसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषय हो । यो अन्य उद्योग, घरका सामानहरु, यातायतको क्षेत्र जस्तो सिधै उपभोक्तासँग नजिक हुने क्षेत्र हैन ।

रियल स्टेटबाट सिनेमा हलको व्यवसाय
वाङ चीनका प्रसिद्ध व्यापारी हुन् । उनीे प्रसिद्ध डालियन वाण्डा ग्रुपका मालिक हुन् । यो कम्पनीको चीनको रियल स्टेट डेभलपर हो । यो समूह सिनेमा हलको व्यवसायमा पनि छ । यो क्षेत्रमा यो समूह एक नम्बरमा छ ।

विश्व प्रसिद्ध बनेको समय
उनको सफलता विश्व प्रसिद्ध भयो । उनलाई विश्वले त्यतिबेला विश्वकै ५० प्रभावित व्यक्तित्वमा राख्यो । त्यस्तै विश्वकै १० आफै बनेका धनी व्यक्ति अन्तर्गत पनि उनी पर्न सफल भए । एसियाकै उत्कृष्ट सिइओका रुपमा पनि उनी परिचित छन् । यस्तै अन्य विविध उपाधिबाट उनी सम्मानित भएका छन् ।

वाङको सफलताको मन्त्र
उनी नयाँ नयाँ काममा रुचि राख्छन् साथै अरुभन्दा पृथक काम गर्नमा विश्वास गर्छन् । उनलाई विश्वास छ कि प्रविधि कुनै पनि विकास र सफलताका लागि अत्यन्त जरुरी छ ।

हरेक समय एकै प्रकारले व्यवहार गर्नु : उनी भन्ने गर्छन्, ‘म त्यो व्यक्ति हैन जसले अत्यन्त विलासिता पाएको होस्, म त्यस्तो व्यक्ति पनि हैन जसले एकपटक अफूसँग पैसा आएपछि त्यसलाई बारम्बार देखाउने काम गर्छन् ।’ उनी रहेक समय एकै प्रकारले व्यवहार गर्नु नै आफ्नो बानी भएको पनि बताउँछन् ।

व्यक्तिगत र संस्थागत आवश्यकतालाई छुट्याउनु : एउटा कम्पनीलाई सफल बनाउनका लागि उनलाई लाग्छ कि व्यक्तिगत र संस्थागत आवश्यकतालाई छुट्याउनु पर्छ । उनी भन्ने गर्छन् कि आफ्नो व्यक्तिगत स्वार्थ या रुचिलाई कम्पनीको विकासको बाधक या चाहना नबनाउ ।

पैसा कमाउँदै गएपछि उनले बृद्ध भएका आफ्ना बुवा आमाका लागि नयाँ घर बनाए, गाडी किने र सोधे, बुवा कुन राम्रो आफ्नो पुरानो सोचाईमा अडिनु या त छोरामा भर पर्नु ? उनका बुवाले सहजै उत्तर दिए छोरामा भर पर्नु । साँच्चै नै पैसा नहुुनुभन्दा पैसा हुनुले धेरै अन्तर पारेको थियो । तर, उनले यत्तिकै सैनिक पेशा छाडेका थिएनन् । सन् १९८० को दशकतिर चीनमा सैनिकहरु कम गरिए त्यो बेलामा उनले पनि स्वतः अवकाश पाए । त्यसपछि उनले सरकारी जागिर खाए । केही समय सरकारी जागिर खाएपछि यो पेशा पनि उनलाई आफ्नो लागि नबनेको जस्तो लाग्यो । त्यसपछि मात्र उनी व्यवासयमा लागेका थिए ।

सुरुमा उनले ऋणले थला परेको एउटा प्रोपर्टी डिलिङ कम्पनी किने । त्यसलाई सम्हाले र विभिन्न सानातिना जस्तो काम पाउँछ गर्छ थाले । उनले काम सुरु गरेको १८ महिनामा नै त्यो कम्पनी ऋण मुक्त भयो । त्यसपछि बिस्तारै उनले नाफा कमाउन थाले र आफ्नो व्यवसायलाई सपिङ सेन्टरतिर फैलाए । उनको सपिङ सेन्टर कम्पनी वान्डा अहिले चीनको ७१ भन्दा बढी क्षेत्रमा फैलिएकोछ भने वान्डाले घर घरमा आफ्नो पहिचान बनाएकोछ ।

उनको कम्पनीमा यदि उनले कुनै प्लान ल्याए र कम्पनीका कर्मचारीले त्यो प्लान बजारमा लैजान ढिला गरे भने उनीहरुले उल्टै कम्पनीलाई पैसा तिर्नुपर्ने हुन्छ । यसले गर्दा जति छिटो अफर ग्राहकले पाउँछन् उति नै छिटो छिटो सेवा प्रदान गर्न सकिने वाङको विचार छ । यही स्ट्राटजीले नै उनी अहिले विश्वकै धनीमा पर्न सफल भएका छन् भने चीनकै १ नम्बर धनी बन्न पुगेका छन् ।

एजेन्सीको सहयोगमा, ५ असोज २०७३, ३।३०

वि.सं.२०७३ असोज ५ बुधवार २१:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...