back
NMB ad

अब सरकारले पानीको मूल्य तोक्ने !

Kumari bank ad

काठमाण्डौं । ट्यांकर व्यवसायीहरुले सार्वजनिक मुहान तथा स्रोतमा गई निशुल्क भरेर ल्याएको पानी सर्वसाधारणलाई बेच्दा फरक फरक र चर्को मूल्य लिने गरेपछि अब सरकाले पानीको मूल्य निर्धारण गर्ने भएकोछ ।

सरकारले वास्तविक ढुवानी खर्चलाई मध्यनजर गर्र्दै शुल्क निर्धारण गर्ने भएको छ। त्यस्तै आपूर्ति भइरहेको खानेपानी सेवाको दर्ता र नियमन पनि गरिने भएको छ। नेपाल सरकारका मुख्य सचिव डा। सोमलाल सुवेदीको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मुल्याङ्कन समितिले यस्तो निर्णय गरेको हो।

त्यस्तै कतिपय ट्याङ्करहरुले ल्याउने गरेको पानी दुषित तथा पिउन अयोग्य समेत रहने गरेकोमा गुणस्तर कायम गर्ने सम्वन्धमा पनि सम्वन्धित निकायलाई निर्देशन दिई आवश्यक प्रक्रिया सुरु गर्न भनिएको छ।

वर्षेनि उपत्यकामा पानीको चर्को अभाव हुने गरेको छ। चैतदेखि जेठसम्म पानीको हाहाकार हुने यो अवधिमा ट्याङ्करबाट दैनिक ५ लाख लिटर पानी वितरण हुँदै आएको छ। माग भने सरदर दैनिक ३७ लाख लिटर छ। व्यवसायीहरुले एक ट्याङ्कर पानीमा १५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन्।

२१ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...