back
NMB ad

ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने

Kumari bank ad

गोरखा । सदरमुकामको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ।

भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एकेक थान कुपन बाँडेपछि सो नियम कार्यान्वयनमा आएको हो।

पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि मात्रै पालोमा पानी भर्न पाउँछन्। कुपन देखाएपछि दिनमा एक पटक पानी भर्न पाइन्छ। “बिहान ४ देखि दिउँसो १२ बजेसम्म धारामा पानी छोडिन्छ”, स्थानीयवासी उपभोक्ता विनोद अर्यालले भने, “आलोपालो पानी थाप्ने नियम भए पनि पहिले कसले पानी भर्ने भन्ने विवादले दिनहुँ झगडा हुने क्रम बढ्यो।”

बराह धाराको १० हजार लि क्षमताको ट्यांकीमा जम्मा भएको पानी स्थानीय ५०० घरधुरीका उपभोक्ताले प्रयोग गर्दै आएका छन्। “घरमा गाईवस्तु पालेका उपभोक्तालाई दिनको तीन गाग्री पानी दिन्छौँ”, उनले भने, “वस्तुभाउ नहुनेले कुपन देखाएपछि दुई गाग्री पानी भर्न पाउँछन्।” समितिले शनिबार उपभोक्तालाई कुपन वितरण गरेको हो। एक गाग्री पानी भर्न तीन चार घन्टा पालो कुर्दै आएका स्थानीयवासीले कुपन प्रणाली सुरु हुँदा पहिलेभन्दा छिटो पानी भर्न पाएका छन्।

त्यस्तै धारामा हुने भिडभाड पनि केही घटेको छ। बराह धारामा मात्र होइन, सदरमुकामको तीनधारे, चाइनिजधारा, धारापानी, रोहटेपानी, सतिपिपल, बतासे, बाइकोसे, पन्थेस्वाँरा, खिरेपानीलगायत धारामा पानीको स्रोत घटेपछि एक गाग्री पानी थाप्न चार घन्टासम्म पर्खनुपर्ने बाध्यता छ।

सदरमुकाममा खानेपानी वितरणको जिम्मा लिएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चर्को महसुल लिए पनि पानी वितरण गर्न सकेको छैन। विद्युत् नहुँदा पानी वितरण गर्न नसकिएको संस्थाले जनाएको छ। हरमटारी क्षेत्रका घरमा खनेका इनारमा पानी सुकेपछि घरधनीले ट्यांकरमा पानी ल्याएर काम चलाउँदै आएका छन्। लिटरको एक रुपैयाँ तिरेर दरौँदी, सिर्दी तथा लुदी खोलाको पानी ल्याउनुपरेको उपभोक्ताले गुनासो गरेका छन्। घरमा पानी नआएपछि न्यूनतम महसुल भने तिर्नुपर्छ।

गत वर्षसम्म सदरमुकामका ढुङ्गेधारामा हिउँदमा पनि पानीको स्रोत घट्दैनथ्यो। भूकम्पले पानीका स्रोत स्वाट्टै घटेपछि गाउँ गाउँमा पानीको हाहाकार मच्चिएको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायण आचार्यका अनुसार भूकम्पले ६० गाविस र दुई नगरपालिकाका १०० भन्दा बढी धारा र कुवाको मूल सुकेको छ। सरकार र विभिन्न दातृ निकायको सहयोगमा आयोजना निर्माण सुरु गरिएको छ।

९ जेठ २०७३, १२.००

वि.सं.२०७३ जेठ ९ आइतवार १५:३० मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...