back
NMB ad

जथाभावी बाटो काट्दै हुनुहुन्छ होशियार,हैन भने रोज्नुस् २ सय जरिवाना वा तीन घण्टा थुना !

Kumari bank ad

काठमाडौ। तपाई जेब्रा क्रसिङ, आकाशे पुल, सब–वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? वा सडकको फुटपाथ छाडेर बीच सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, नत्र तपाईंले ठाउँको ठाउँ ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ जरिवाना तिर्नपर्नेछ । पैसा तिर्नु चाहनु भएन वा सक्नु भएन भने प्रहरीले कार्यालयमा ३ घण्टा नियन्त्रणमा राख्नेछ ।

मंगलबारबाट उपत्यकाभित्रका सडकमा जथाभावी बाटो काट्ने र पेटी छोडेर सडकमा हिँड्ने पैदल यात्रु २ सय रुपैयाँ तिर्नुपर्ने ब्यवस्था लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले आज विहानबाट सुरु गरेको यो अभियानमा सयौं यात्रु कारवाहीमा परिसकेका छन् । हरेक वर्ष उपत्यकामा हुने दुर्घटनामा मृत्यु हुने मध्ये ४० प्रतिशत पैदल यात्रुबाट नै हुने गरेको उल्लेख छ ।

यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि यो व्यवस्था लागू गर्दै पैदल यात्रुलाई जेब्रा क्रसिङबाटै बाटो काट्नुपर्ने नियम लागू गरेको हो ।

यता जथाभावी बाटो काट्दा तिर्न रकम नहुनेलाई तीन घण्टा प्रहरी नियन्त्रणमा राखिनेछ । त्यसका नियन्त्रणमा राख्दा ट्राफिक नियमबारे सचेतना कक्षा लिइनेछ । प्रहरीले जेठ १ गतेदेखि यो ब्यवस्था लागू गर्ने भनेपनि स्थानीय तहको चुनावका कारण लागू गर्न सकेको थिएन ।

अर्काै बुझ्नुपर्ने कुरा के छ भने प्रहरीले जुन नियम लागु गरेको छ त्यो नियम सबैतिर त्यो समयसम्म लागु हुन सक्दैन जबसम्म सडकको पूर्वाधार र जेब्रा क्रसिङलाई व्यवस्थित पारिन्न ।फाईल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ जेठ १६

वि.सं.२०७४ जेठ १६ मंगलवार १४:०९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...