back
NMB ad

पुरस्कार जित्ने फोटो कतै तपाइकै विवाहको त परेन ?

Kumari bank ad

1st Prize Winning Photo

काठमाडौं । क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् । उनले विवाहमा खिचेको तस्बिरले पहिलो बन्दै उपत्यका बाहिरको फोटोग्राफरलाई बिजयी मात्र बनाएन क्यानन ६ डि क्यामेरा समेत जिताउन सफल भयो ।
काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको विवाहको तस्बिरले पाएको छ । उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएका छन् । यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पाएको थियो भने उनले क्याननकै ७५० डि क्यामेरा पाएका छन् । उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए । यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका छन् ।
। अवार्ड बिजेताहरुलाई प्रमुख अतिथीद्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले शील्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
पुरस्कृत भएका फोटोहरुसँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिँदै संघका अध्यक्ष भबदेब थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अबलोकनका लागि आउन सर्बसाधारणलाई आग्रहरु गरे ।

काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको वेडिङ फोटोग्राफी प्रतियोगिता पाँचौ संस्करणमा पुगेका बताउँदै संघका सचिब भोजराज घिमिरेले आगामी दिनमा पनि यसको निरन्तरता रहने विश्वास व्यक्ति गरे ।
७ सय भन्दा बढी फोटोग्राफरहरुका लगभग १२ सय फोटोहरु समावेश भएको बताउँदै फोटो अवार्डका संयोजक धर्मराज केसीले यो पटकको अवार्ड काठमाडौंका फोटोग्राफरहरुलाई पछि पार्दै उपत्यका भन्दा बाहिरको फोटोग्राफरले जितेको बताए । मोफ सलमा पनि यो कार्यक्रमको प्रभाव बढेको बताउँदै संयोजक केसीले आगामी वर्षहरुमा यसको प्रभाव नेपालभर पर्ने दाबी गरे ।

अवार्ड वितरण कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरंजनात्मक प्रस्तुतीहरु पस्किएका थिए ।
कार्यक्रममा क्यानन नेपालका प्रमुख सुनिल त्रिबेदीले काठमाडौ फोटोग्राफर संघ संग मिलेर गरेको यो कार्यक्रम सफल बनेको बताउँदै आगामी दिनमा पनि यसको निरन्तरता हुने बताए ।

स्टेज डेकोरेसन देखि फ्रेम निर्माणमा सहयोग गरेका सिबि माउन्ट एण्ड फ्रेमिङ सेन्टरका प्रबन्ध निर्देशक च्याङ्बा लामालाई कार्यक्रममा फोटोग्राफर संघले सम्मान गरेको थियो । सम्मान पछि बोल्दै लामाले गएका वर्षहरु भन्दा यो वर्ष कार्यक्रम भव्य बनेको बताए ।
फोटो प्रतियोगिताको निर्णायकमा योगेन्द्र जंग बस्नेत,रत्न मान आशु र बालकृष्ण श्रेष्ठ रहेका थिए ।

फोटो अवार्डमा पुरस्कार जित्न सफल १० तस्बिरहरु तथा पुरस्कार वितरणका तस्बिरहरु

ESOS0355 copychyangba Lama1082 copy881 copy792 copy7243rd prize winning Photo1st Prize Winner

वि.सं.२०७४ साउन ८ आइतवार १६:४८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...