back
NMB ad

बिहे गर्न लिखित परीक्षा,केटी पास र केटा फेल !

Kumari bank ad

एजेन्सी–बिहेको कुरा टुंग्याउनुअघि केटा तथा केटी पक्षले एक अर्कामा सवाल जवाफ गरी कुरा स्पष्ट गराई छिनोफानो गर्नु त स्वभाविकै हो । तर भारतमा भने बिहे गर्ने नगर्ने भन्ने कुरा टुंगाउनका लागि लिखित परीक्षा नै लिइएको छ ।

भारतको उत्तर प्रदेशस्थित मैनपुरीमा बिहेका लागि लिखित परीक्षा भएको छ । बिहे हुनुअघि हुनेवाला बेहुलाले हुनेवाली बेहुलीको लिखित परीक्षा लिएका हुन् ।

बिहेको कुरा गर्नका लागि केटा तथा केटी पक्षबीच एक मेलाका बेला चौरमा भेट भएको थियो । कुराकानीमा बिहे गर्ने निधो गरियो । केटाले केटीलाई मन पराए । तर अचानक केटाचाहीँले आफ्नो झोलाबाट एउटा डायरी तथा कलम निकाले र केटीको हातमा दिई केटीको परीक्षा लिन सुरु गरे ।

सुरुमा केटीलाई उनको नाम, ठेगाना तथा फोन नम्बर लेख्न भने । त्यसपछि परीक्षा लिन थाले । विभिन्न जटिल शव्दहरु लेख्न लगाए । केटाले गरेका सबै सवालहरुको जवाफ केटीले सफलतापूर्वक लेख्न सकिन् । लिखित परीक्षामा पास भएसँगै केटाचाहीँ बिहेका गर्न पूर्णरुपमा राजी भए ।

तर कुरो चाहीँ गडबड भयो । आफ्नो यस्तो परीक्षा लिने केटाको तरिका केटीलाई मन परेन । उनले उक्त डायरी र कलम केटालाई दिइन् अनि उसैगरी केटाको पनि परीक्षा लिइन् । केटालाई परिश्रम, दृष्टिकोण तथा साम्प्रदायिक जस्ता जटिल शव्दहरु लेख्न लगाइन् । तर यी जटिल शव्दहरु केटाले शुद्धसँग लेख्न सकेनन् । हुनेवाला लोग्ने लिखित परीक्षामा फेल भएपछि केटीले उक्त केटासँग बिहे गर्न अस्विकार गरिन् ।

प्रकाशित मितिः २०७४ बैशाख २२

वि.सं.२०७४ वैशाख २२ शुक्रवार ११:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...