back
NMB ad

बिरामी परेरै भएपनि सगरमाथामाको फेदीमा पुगेर एक अमेरिकी जोडीले विवाह गरे !

Kumari bank ad

विवाहलाई यादगार बनाउने सबैको चाहना हुन्छ। त्यही चाहना बोकेर अमेरिकाका एक जोडी विवाह गर्न नेपाल आए। अनि सगरमाथाको फेदीमा पुगेर एक–अर्कालाई जीवनभरका लागि अपनाए ।उनीहरुले एक वर्षअघिदेखि सर्वोच्च शिखर सगरमाथामा विवाह गर्ने योजना बनाएका थिए।

James Sissom and Ashley Schmieder mount everest weeding

अमेरिका क्यालिफोर्नियाका ३५ वर्षीय जेम्स सिस्म र ३२ वर्षीया एस्ली स्जिमिडरले समुन्द्र सतहभन्दा १७ हजार फिट माथि पुगेर साहसिक विवाह सम्पन्न गरे। उनीहरुले सगरमाथा ट्रेकिङका दौरान विवाह सम्पन्न गरेका थिए। जुन यी जोडीका लागि अविस्मरणीय क्षण पनि बनेको छ।

marriage-at-everest-base-

एस्लीले धरै छलफलपछि पारम्परिक विवाह हाम्रो लागि ठीक नभएको निष्कर्ष निकालिन्। हामीलाई हाम्रो विशेष दिनमा साथीभाइ, आफन्त र परिवारसँग रमाइलो गर्न मन लागेपनि हामी केही दिनको छुट्टिमा निस्किने निर्णय गरेँ, उनले भनिन्, हामी दुबै जनालाई घुम्न निक्कै मन पर्छ। हामीले सँगै १४ हजार फिट उचाइको अनुभव पनि गरिसकेका थियौं। तीन हप्ताको एभरेष्ट बेस क्याम्पको ट्रेकिङपश्चात विवाह गर्ने निधो गर्‍यौं। यसदौरान उचाइका कारण धेरैपटक बिरामीसमेत परेको उनले खुलाइन्। उनीहरुले सगरमाथा बेस क्याम्पमा तीन साता बिताएका थिए।

उनीहरुको यो ऐतिहासिक विवाहलाई अमेरिकन फोटोग्राफर चारलेटन चरचिलले अझै रोमाञ्चक बनाउनमा सहयोग गरेका छन्। उनले आफ्नो फोटोग्राफीमा कतै पनि काल्पनिकताको भान हुन नदिएको बताए।

जसरी एक वास्तविक जोडी विवाह समारोहमा उपस्थित हुन्छन्। त्यसरी नै उनीहरुमा व्यक्त हुने सुख, दुःख, संघर्ष र रोमान्टिक दृश्यलाई मैले फोटोग्राफीमा उतारेको छु, उनले भनेका छन्।

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार १३:३० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...