back
NMB ad

इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि….

Kumari bank ad

काठमाडौ। इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरु साथी बने । तिमिल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’ का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरु भेटघाट गर्न थाले ।

मिठा कुरा गर्ने तिमिल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरु प्रेमी प्रेमिका बने । काठमाडौमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमिल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरुको बिहे पनि भयो ।

बिहेमा घर–परिवार व्यस्त भएकाले आउन नपाएको तिमिल्सिनाले बताएका थिए । आफ्ना साथीहरु आफन्त भन्दै उनले बोलाएका थिए । जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब २ महिनापछि श्रीमानको झोलामा शिलाले बीमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरुको बीमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागज देखेर उनी झस्किइन् ।

श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो । त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिएकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमिल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेर छानबिन गरिरहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख २९

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०८:३३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...