back
NMB ad

नेप्से ९१ अंकले बढेर १३४३ मा पुग्यो

Kumari bank ad

काठमाडौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९१.३५ अंकले बढेर अन्तिम दिन १३४३.८५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २०.७५ अंकले बढेर २९२.५२ अंकमा आईपुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९३२७ कारोबारबाट दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरका ७९ लाख सात हजार सात सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४८.३८ प्रतिशत बढि हो । गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २०००५ कारोबारबाट एक अर्ब ७३ करोड ९६ लाख ९१ हजार रुपैयाँ बराबरका एक करोड ८८ लाख ८१ हजार २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकम (१२ करोड ९१ लाख २० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (नौ लाख १२ हजार कित्ता) को आधारमा लक्ष्मी भ्याल्यु फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८०४ वटा) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १४:०८ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...