back
NMB ad

तौल कमबारे छानबिन गर्न समिति गठन

Kumari bank ad

काठमाडौँ । कृषि विकास मन्त्रालयले भारतको सरकारी कम्पनी ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनी लिमिटेडबाट विराटनगरमा प्राप्त युरिया मलमा तौल कम भएको सम्बन्धमा छानबिन गर्न मंगलबार समिति गठन गरेको छ ।

विभिन्न सञ्चारमाध्यममा मलको तौल कम भएको समाचार आएपछि मन्त्रालयद्वारा पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा कृषि सामाग्री व्यवस्थापन शाखा प्रमुख ईश्वरीप्रसाद पाण्डे र कृषि सामग्री कम्पनी लिमिटेडका अधिकृत प्रतिनिधि सदस्य रहने गरी छानबिन समिति गठन गरिएको हो ।

उक्त समितिले पाँच दिनभित्रमा स्थलगत भ्रमण गरी देखिएको यथार्थका आधारमा प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

मुलुकमा देखिएको रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न मन्त्रालयका सम्बन्धित प्रतिनिधिले भारतीय दूतावासमा आज छलफल गर्ने बताइएको छ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १०:३५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...