back
NMB ad

तपाई छुट्नु त भएन ? शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाण्डौं । वेष्टर्न डेभलपमेन्ट बैंकले एक  बराबर एक कित्ता अनुपातको हकप्रद सेयर भर्ने थपेको १५ दिनको समयसिमा पनि बुधबार सकिँदैछ । यसअघि बैंकले मंसिर २२ गतेदेखि निष्काशन गरेको हकप्रद भर्ने समय पुस २६ गतेसम्म राखेर सूचना प्रकाशित गरेको थियो ।

हकप्रद कात्तिक १ गतेसम्म कायम रहेका सेयरधनीले भर्न पाउनेछन् । बैंकले एक सय रूपैयाँ अंकित दरको १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । दाङको घोराहिमा प्रधान कार्यालय रहेको बैंकको चुक्ता पुँजी १५ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ३१ करोड ४० लाख रुपैंया पुग्नेछ ।

सेयरधनीले हकप्रद सेयरमा आवदेन गर्न बिक्री प्रबन्धक प्रभु क्यापिटल,कमलादी,वेष्टर्न डेभलपमेन्ट बैंकका सम्पुर्ण शाखा कार्यालयहरु, सिद्धार्थ डेभलपमेन्ट बैंकको वीरगन्ज, विराटनगर, नारायणगढ, पोखरा, बुटवल र धनगढी शाखा कार्यालयहरुबाट समेत बुधबार कार्यालय समयभित्र हकप्रद आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

बैंकले असोज मसान्तसम्ममा २९ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको जगेडा कोषमा ६ करोड ७६ लाख ५६ हजार रुपैंयाँ सञ्चित रहेको छ ।

१२ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १२ बुधवार ११:५५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...