back
NMB ad

होस् गर्नुहोस्, पोखरामा प्लास्टिक झोला बोक्नुभयो भने रु १५ हजार तिर्नुपर्ला !

Kumari bank ad

पोखरा। पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई बुधबारदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको बुधबार घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गरे ।

प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण बढाउने भएकाले उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

उपमहानगरपालिकाले ती वस्तु फेला पारे स्थानीय स्वायत्त ऐनअनुसार उनीहरुको कसुर हेरि रु पाँच हजारदेखि रु १५ हजारसम्म जरिवाना गर्ने जनाएको छ । पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदि र स्याङ्जाको सिमानामा पनि अनुगमन टोली खटाइ यसको नियन्त्रणमा कडाइ गरिने बताइएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार १८:०० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...