back
NMB ad

प्रधानन्यायाधीशमाथि महाभियोगको विश्व इतिहास !

Kumari bank ad

काठमाडौ । सत्तारूढ दलका सांसदहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा आइतबार महाअभियोगको प्रस्ताव दर्ता गराए । प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको विश्वमा यो नै पहिलो घटना भने होइन ।

श्रीलंकामा सन् २०१३ मा त्यहाँका ४३औं प्रधानन्यायाधीश सिरानी बन्दरानायकेमाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उनी पनि त्यहाँकी पहिलो महिला प्रधानन्यायाधीश थिइन् । संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि सन् २०१३ जनवरीमा राष्ट्रपति महिन्दा राजापाक्षले उनलाई पदबाट हटाएका थिए ।

उनीमाथि आर्थिक अनियमितता तथा कानुनी प्रक्रियामा आँच पु¥याएको आरोप लगाउँदै महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । उनले यो आरोपको खण्डन गर्दै आएकी थिइन् । राष्ट्रपति राजापाक्षका भाइ तथा मन्त्री बासिल राजापाक्षले ल्याएको विधेयकविरुद्ध सर्वोच्च अदालत उभिएपछि उनीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो । उनी बर्खास्तीमा परेपछि पूर्वमहान्यायाधिवक्ता मोहन पेइरिस प्रधानन्यायाधीश नियुक्ति भएका थिए ।

उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि विश्वले यसको विरोध गरेको थियो । उनलाई ३० अक्टुबर १९९६ मा महिला राष्ट्रपति चन्द्रिका कुमारातुंगा बन्दरानायकेले सर्वोच्चको न्यायाधीशमा नियुक्ति गरेकी थिइन् । सरकारले सन् १७ अक्टुबर २०११ मा ल्याएको सहरी तथा राष्ट्रिय योजना संशोधन विधेयक प्रधानन्यायाधीश बन्दरानायकेको बेन्चले खारेज गरिदिएको थियो । त्यस्तै, सन् २०१२ मा सरकारले ल्याएको दीभी नेगुमा विधेयकलाई पनि उनकै कार्यकालमा सर्वोच्चले खारेज गरेको थियो ।

उनीमाथि लागेको अभियोग छानबिन गर्नका लागि १ जनवरी २०१३ मा सर्वोच्च अदालतको समिति बनेको थियो । उनीमाथि लागेको महाअभियोगको प्रस्तावमाथि संसद्मा मतदान हुँदा उनको प्रस्तावको पक्षमा १ सय ५५ सांसदले मतदान गरेका थिए भने विपक्षमा ४९ सांसद उभिएका थिए । लगत्तै उनलाई बर्खास्त गरिएको थियो ।

घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय बार एसोसिएसनको टोली गठन भएको थियो । सो टोलीलाई श्रीलंका प्रवशेमा समेत रोक लगाइएको थियो । उनीमाथि लागेको महाअभियोगको प्रस्तावविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि यो प्रस्ताव खारेज भएको थियो । उनीमाथि लागेको महाअभियोगको प्रस्ताव २८ जनवरी २०१३ मा सर्वोच्चले खारेज गरिदियो । उनले त्यसको अर्को दिन २९ जनवरीमा ससम्मान न्यायाधीश पदबाट अवकाश लिएकी थिइन् ।

यता, फिलिपिन्समा पनि त्यहाँका प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । फिलिपिन्सको इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशमाथि सन् २०११ को डिसेम्बरमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । त्यहाँका राष्ट्रपति बेनिनग्नो एक्विया तृतीयको भ्रष्टाचार विरोधी अभियानलाई असहयोग गरेको र उनीमाथि मुद्दा चलाएको अभियोगमा प्रधानन्यायाधीश रेनाटो कोरोनामाथि महाअभियोग लगाई पदबाट बर्खास्त गरिएको थियो । उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । सन् २००२ मा सर्वोच्चको न्यायाधीश भएका कोरोना सन् २०१२ मा बर्खास्तमा परेका थिए ।

यसैबीच, भारतीय सर्वोच्च अदालतका न्यायाधीश भी रामास्वामीमाथि पनि महाअभियोग लागेको थियो । भारतीय संविधानअन्तर्गत यो घटना महाअभियोगअन्तर्गत भने पर्दैन । भारतीय संविधानको धारा ६१ मा राष्ट्रपतिलाई मात्र यो शब्द प्रयोग गरेको छ ।

उनीमाथि सन् १९९० मा उनी पन्जाब र हरियाणाको मुख्य न्यायाधीश हुँदा उनको पारिवारिक खर्चमाथि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि १ फेब्रुअरी १९९१ मा सर्वोच्च अदालत बार एसोसिएसनले उनीविरुद्ध अभियोग लगाउन माग गर्दै निवेदन दिएका थिए । भारतीय जनता पार्टी, विभिन्न वाम शक्तिहरूले भारतीय संसद्मा उनलाई बर्खास्तको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

उनीविरुद्धको अभियोगमाथि १२ मार्च १९९१ मा सांसदले छानबिन समिति गठन गरेको थियो । छानबिनका क्रममा उनीमाथिको अभियोग प्रमाणित भएको र समितिले ११ अभियोग प्रमाणित भएको प्रतिवेदन दिएको थियो । यस विषयमा १० मे १९९३ मा संसद्मा मतदान भएको थियो । अभियोगको पक्षमा १ सय ९६ मत परेको थियो । र, विपक्षीमा कुनै पनि मत परेको थिएन । २ सय ५ कांग्रेसका सांसदहरू उपस्थित भएका थिएनन् । अभियोग पारित हुन दुई तिहाइ मत आवश्यक पर्ने थियो । पर्याप्त मत नपुगेका कारण अभियोग खारेज भएको थियो ।

भारतमा अभियोग लागी बर्खास्त परेकी न्यायाधीश सौमित्रा सेन एक मात्र हुन् । कोलकाता उच्च अदालतकी न्यायाधीश सेनमाथि १७ अगस्ट २०११ मा अभियोग लागेको थियो । त्यस्तै, सिक्किम उच्च अदालतका प्रमुख न्यायाधीश पाउल ड्यानियल दिनाकरण प्रेमकुमारमाथि सन् २०११ मै अभियोग लागेको थियो । अभियोग लागेसँगै उनले राजीनामा दिएका थिए । आजको राजधानी दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १८

वि.सं.२०७४ वैशाख १८ सोमवार ०८:१३ मा प्रकाशित

You can share this post!

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...