back
NMB ad

‘म नितान्त जनताका लागि काम गर्छु’

Kumari bank ad

तत्कालीन माओबादी विद्रोहका बेला पिडित बनेका २० हजाभन्दा बढि प्रभावितहरुको जीवनयापनका लागि शान्ति तथा पुनर्निमाण मन्त्रालयले सीममूलक कार्यक्रम संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाल परिवार दलका तर्फबाट शान्ति तथा पुननिर्माण मन्त्री बनेका एकनाथ ढकालले द्धन्द्ध प्रभावितहरुका लागि ल्याइन लागेको यो कार्यक्रम आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँछन् । मन्त्रालयले उच्च प्राथमिकतामा तीन वटा कार्ययोजना प्रक्रियामा ल्याएको छ । ती के के हुन् र कहिलेसम्म लागु हुन्छन् ? प्रस्तुत छ, मन्त्री ढकालसंग पत्रकार नवराज कुँवरले गरेको कुराकानीको अंश ।

शान्ति तथा पुनर्निमाण मन्त्रालयले नयाँ कार्यक्रमहरु के ल्याउँदैछ ?
१५ देखि २० हजार द्धन्द्ध प्रभावितहरुलाई जीवनयापन गर्न सजिलो बनाउने उद्धेश्यले एउटा कार्ययोजना ल्याइदैछ । माओबादी शसस्त्र द्धन्द्धका क्रममा अंगभंग भएका, अपाङग बन्न पुगेकाहरुलाई केन्द्रित गरि ‘लिभ्लिहूड प्रोजेक्ट’ को रुपमा उनीहरुको जीवनयापनलाई सहज बनाउने उद्धेश्यले सीप मूलक तालीम दिने एउटा कार्ययोजना चाँडै लागु गर्दैछौँ । यो मेरो उच्च प्राथमिकताको कार्ययोजना पनि हो । यो कार्यक्रम सिटिइभिटि मार्फत गरिन्छ । यो ४० देखि ५० करोडको लगानी बराबरको हुने देखिएको छ ।

यो कार्यक्रम दातृ निकायहरुसंगको समन्वयमा हुन्छ । यूरोपियन यूनियन र यूएसएडको मुख्य लगानीमा हुन्छ । यो कार्यक्रम संचालनका लागि दाताहरु सकारात्मक भएकाले अब चाडै यो कार्यक्रम सुरु हुन्छ । दोश्रो, पिस सेन्सिटिभ डेभलपमेन्ट एप्रोच प्रोजेक्ट अथवा शान्तिसंग सम्बन्धित संवेदनशील मुद्धाहरुका बारेमा पनि अध्ययन गर्ने र उनीहरुलाई पनि सीप मुलक तालीम प्रदान गर्ने काम हुन्छ । जस्तो, द्धन्द्धका बेला बलात्कारमा परेका अथवा संवेदनशील मुद्धाहरुबाट पिडितहरुलाई मन्त्रालयले ल्याउने यो कार्ययोजनामा सम्बोधन गरिनेछ ।

शान्ति मन्त्रालय एउटा संक्रमणकालीन अवस्थाका कारण निर्माण भएको हो । व्यवस्थापिका संसदको नयाँ संविधानअनुसार निर्वाचन भएपछि गठन हुने सरकारले यो मन्त्रालय नराख्न पनि सक्छ । त्यसैले यो १० वर्षयता शान्ति प्रक्रियामा भएका जति पनि दस्तावेज र शान्ति मन्त्रालयले गरेका कामहरु छन्, ती कामहरु चानचुने त छैनन् । यो त भोली मास्टर डिग्रि, पिएचडीको लागि अध्ययन अनुसन्धान गर्न लायक विषयहरु यहाँभित्र छन् । त्यसैले यसको ‘लिगेसी’ त कसैले लिनुपर्छ । त्यो लिगेसी लिनका लागि एउटा पिस रिसर्च इन्स्टिच्यूट अर्थात शान्ति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान निर्माण गर्ने अन्तिम तयारीमा छु ।

कहाँ राख्ने त यो संस्था ?
गोकर्णमा शान्ति मन्त्रालयको मातहतमा रहेको साढे ६ सय रोपनी जग्गा छ । त्यहाँ शान्ति पार्क अथवा स्मारक अहिले बनिरहेको छ । ४० प्रतिशत काम भईसकेको छ । ६ महिनाभित्र सबै काम सम्पन्न गरिसक्नको लागि मैेले त्यहाँ निर्देशन पनि दिइसकेको छु । त्यही ठाउँमा यो पिस इन्स्टिच्युट निर्माण गर्ने जुन इन्स्टिच्यूटले भविष्यमा शान्ति मन्त्रालय नहुँदाको अवस्थामा पनि शान्ति मन्त्रालयका सम्पूर्ण दस्तावेजहरु सुरक्षीत रुपमा राख्छ । द्धन्द्धोत्तर अवस्थामा मुलुक आइपुगेको छ । यो अवस्थामा शान्ति मन्त्रालयको भूमिका पनि संविधान निर्माण हुनुअघि र संविधान निर्माण भईसकेपछि तुलना गर्ने हो भने अलि फरक छ ।त्यसैले हामीले शान्तिका लागि विकास र विकासका लागि शान्ति लगयातका कार्यक्रमहरुको अभियानमा छाैं।

जिल्लामा भएका शान्ति समितिहरुको काम देखिदैन नि ?
हो, मुस्ताङ र मनाङबाहेक अहिले देशका सबै जिल्लामा शान्ति समितिहरु छन् । मुस्ताङ र मनाङलाई द्धन्द्ध कालमा कुनै घट्ना नभएका कारण द्धन्द्ध प्रभावित जिल्लामा गनिदैन । ७३ जिल्लामा रहेका शान्ति समितिलाई थप प्रभावकारी बनाउने र बेपत्ता छानवीन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पनि जिल्लामा सुचना संकलन गर्नका लागि तीनै शान्ति समितिहरुलाई परिचालन गर्ने योजना भएकाले ती शान्ति समितिहरुको क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम ल्याउने कसरतमा छु अहिले ।

‘कम मालवाला’मन्त्रालयका कर्मचारीहरुले मन्त्रीहरुलाई टेर्दैनन् भनिन्छ नि, तपाई पनि पिडित हुनुहुन्छ कि?
हेर्नुस् जहाँ स्वार्थ बाझिन्छ त्यहाँ हुने हो द्धन्द्ध । तर जनताका लागि गरिने कामबाहेक अर्को कुनैपनि स्वार्थ छैन भनेदेखि त्यहाँ द्धन्द्ध हुने कुरा हुँदैन । म दाबीका साथ भन्न सक्छु म नितान्त जनताका लागि काम गर्छु त्यसैले म आन्तरीक द्धन्द्धमा छैन ।

कतिपय अवस्थामा मन्त्रालयमा मन्त्रीका सचिवालयका कर्मचारी, वा अन्य कर्मचारीहरु नै खाजासमेतको व्यवस्था मान्त्रालयबाट भएन भनेर मन्त्रीसंग रुष्ट हुन्छन् नि ?

मैले मेरो सचिवालयमा खाने कुराको व्यवस्था आफै गरिदिएको छु । एक बोरा चिउरा, एक बोरा आलु किनेर राखिदिएको छु । त्यतिमात्रै हैन, तेल, भुटुन, नून, प्याज, लसुनलगायतका आवश्यक कुराहरु म आफैले किनेर राखिदिएको छु । मन्त्रालयमा खाजाको पैसा भएन भन्ने कुरा किन आउन दिनु भन्ने विचार गरेर मैले दुईचार हजार त हो, त्यति गरिदिदा कर्मचारी सन्तुष्ट हुन्छन् भने किन हिचकिचाउने भनेर व्यवस्था गरिदिएकाले त्यस्तो असन्तुष्टि छैन ।

मैले मेरो सचिवालय अन्तर्गतका कर्मचारीलाई खाजाको व्यवस्था व्यक्तिगत रुपमा आफैले गरिदिएको छु । खाजा त मैले मन्त्रालयको खाको छैन भने अरु कुराको मलाई के लोभ ? म जनताको काम गर्न गएको हुँ । म यतिबेला जनताको नजरमा पर्न चाहान्छु । त्यसका लागि मैले विवादमा आएर हैन, इमेज बनाएर काम गर्ने प्रयास गरिरहेको छु ।

तराईमा विभिन्न शसस्त्र समुहरु क्रियाशील देखिएका छन्, यसअघि पनि शान्ति मन्त्रालयले केही समुहहरुसंग वार्ता गरेर सहमतिमा ल्याइसकेको छ । तपाईको पालामा चाहिँ तपाईले के गर्दैहुनुहुन्छ ?

राजनीतिक अभिप्रायले क्रियाशील देखिएका संगठन एकदमै कम छन् । अपराध गर्ने, लुट्ने र आतंक मच्चाइरहेका समुहहरुसंग वार्ता गर्ने कुरा भएन । तिनीहरुलाई गृह मन्त्रालयको निर्देशनमा खोजि खोजि कारवाही गरिनेछ । तर राजनीतिक अभिप्रायले खोलिएका केही संगठनहरुसंग अनौपचारीक छलफल भईरहेको छ । आसा गरौँ चाडै वार्ता पनि हुन्छ ।

आफ्नो एनजिओबाट सांसदहरुलाई लिएर तपाई दक्षिण कोरिया क्रिश्चियन धर्मको प्रवद्र्धनको लागि जानुभयो भनेर विवादमा तानिनुभयो नि ?

हेर्नुस् केही साथीहरुले कुरा नबुझेकाले यस्तो विवाद आएको हो । त्यहाँ हामीले विभिन्न देशबाट आएका राजनीतिक दलका नेता, सांसहरु नेपालको संविधान र यहाँका विकसित घट्नाक्रमबारे जानकारी गराउने अवसर पायौँ । हामीले धर्मको भन्दा ज्यादा आफ्नो देशको संविधान, यहाँ विकसित पछिल्ला सकारात्मक उपलब्धिहरुको जानकारी विश्व समुदाय समक्ष गरायौँ । त्यसैले भ्रमणको टिप्पणीमा कुनै तुक छैन ।

सरकारको आयुबारे केही भन्नुहुन्छ ?

यो सरकार अर्को निर्वाचन नहुन्जेलसम्म ढल्दैन । यो सरकार टिकाउन मुख्य भुमिका खेलेको एकीकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डले नै स्वयम भनिरहनुभएको छ कि यो सरकार तत्काल ढाल्न हुँदैन ।

तर माओबादी जगले अड्याएको सरकार माओबादी पछि हट्ने वित्तिकै ढल्दैन र ?
मलाई लाग्छ, एमाओबादी त्यो निर्णयमा पुग्दैन । पुग्यो भने उसैलाई घाटा छ । अहिले तपाईले भनेको शब्दझैँ माओबादी जगबाट यो सरकार टिकेको छ । तर यो सरकार ढल्यो भने त उहाँहरु जग भएर सरकारमा बस्न पाउनुहुन्न । त्यसैले मलाई लाग्छ ।

वि.सं.२०७२ फागुन २० बिहीवार १३:३४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...