back
NMB ad

गोजीमा अर्थतन्त्र भए मात्र राष्ट्रवाद : पूर्व अर्थमन्त्री पाण्डे

Kumari bank ad

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्र बलियो भए मात्र राष्ट्रवादी भएर टिक्न सक्ने बताए । युवा संघ नेपाल केन्द्रिय प्राकृतिक स्रोत साधन व्यवस्थापन विभागले काठमाडौंमा आयोजना गरेको संघीयता, समृद्धि र प्राकृतिक स्रोत साधनको उपयोग विषयक विचार गोष्ठिमा बोल्दै पूर्व मन्त्री पाण्डेले भने ‘इकोनोमी हातमा छ भने राष्ट्रवाद हुन्छ, इकोनोमी छैन भने दिनभरी मुर्दावाद रातपरेपछि दुतावासको शरणमा दाल र भात हुन्छ’ ।

एमाले स्थायी समिति सदस्य समेत रहेका पाण्डेले शिक्षा र प्रविधिको विकास गर्दा मध्यमवर्गमा मानिस लक्षित कार्यक्रम ल्याउन आवश्यक रहेको समेत बताए । पाण्डेले भने उच्च शिक्षा हासिल गर्न युरोप अमेरिका पुगेकालाई जस्तो सुकै आकर्षण गर्न खोजिए पनि नेपाल फर्कने संभावना अत्यन्तै न्युन हुन्छ तर खाडी मुलुकमा काम गर्न गएकाहरु अन्ततः नेपालमै फर्कन्छन् । उनले भने अव हामीले युरोप जान चाहने जनशक्तीलाई हैन खाडी जान चाहने जनशक्तीलाई रोक्न मध्यम स्तरको शिक्षा र प्रविधिको विकास गर्नु पर्छ र तिनैलाई सहुलियतमा लगानी दिएर उत्पादनमा लगाउनु पर्छ । अहिलेको सबैभन्दा ठुलो सम्पती भनेको ज्ञान सीपको विकास भएकाले अवको लगानी शिक्षामा हुनु पर्छ, त्यसमा पनि उत्पादनमा तत्कालै जोडिने किसिमको युवा लक्षित शिक्षामा जोड दिनु पर्ने पाण्डेको तर्क थियो ।

youth federation nepal
पाण्डेले नेपाल प्राकृतिक स्रोत साधनमा धनी देश भन्ने नाराले मात्र देश समृद्ध नहुने बताए । मुलुक समृद्ध बनाउन ज्ञान र पुँजीको सहि उपयोग गर्नु पर्छ उनले भने । नेपालले विकासमा फड्को मार्न र राइजिङ ब्राजिल बन्ने हो भने चीन र भारतको बजारलाई लक्षित गरेर आफ्ना उत्पादन बृद्धि गर्ने र दुई देशसंग व्यापार बढाउनु जरुरी रहेको पाण्डेको धारणा थियो ।

नेपालको अर्थतन्त्र कृषिमा आधारित भएकाले कृषिलाई पकेट क्षेत्र घोषणा गरी जहाँ जुन चिजको उत्पादन संभव छ त्यहाँ अनुदान दिने व्यवस्था राज्यले गर्नु पर्छ । पाण्डेले भने प्राकृतिक स्रोतबाट लाभ लिन पुँजी र ज्ञान दुवै चाहिने बताए ।

देश विकास हुन ज्ञान, प्रविधि र चेतनाको विकास हुनु पर्छ : महत

ramsharan mahat

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व अर्थमन्त्री रामशरण महतले विकासका लागि प्राकृतिक स्रोत जरुरी भएको बताए । उनले भने स्रोत मात्र भएर पुग्दैन उपयोग गर्ने क्षमता चाहिन्छ महतले भने विकसित हुनु र धनी हुन फरक कुरा हो । विकास हुन ज्ञान, प्रविधि र चेतनाको विकास हुनु पर्छ उनले भने ।

हरियो बन नेपालको धन भनेर अर्थतन्त्र बलियो नहुने तर्क गर्दै महतले जंगलमा अग्राख कुहिएर जाने, इण्डोनेसिया र अफ्रिकाबाट काठका टिम्बा किनेर कसरी प्राकृतिक स्रोतले अर्थतन्त्र बलियो बन्छ ? उनको प्रतिप्रश्न थियो । महतले देशको जलस्रोत एक प्रतिशत पनि उपयोग हुन नसकेको बताउँदै हामीले स्रोतको उपयोग जति ढिला गर्छौ उती हाम्रो मुल्य कम हुँदै जाने र सोलार प्रविधिले जलस्रोतलाई विस्थापन गर्न सक्ने प्रति सचेत हुन आवश्यक रहेको धारणा राखे ।

महतले देश विकास ज्ञानले मात्र गर्न सक्ने बताउँदै विकासका निम्ति मेरो पार्टी र नजिकको नातेदार हेर्न नहुने बताए । उनले भने अव हामी राजनीति भन्दा माथि उठ्नु पर्छ र प्राकृतिक स्रोतको व्यवस्थापन गरेर विकास गर्नु पर्छ यसका निम्ति राजनीतिक स्थिरता पहिलो सर्त हो । उनले राजनीति पेसा नभई सेवा भएकाले जो कसैले राजनीतिमा जोडिन चाहन्छ भने उत्पादनसंग पहिल्यै जोडिनु पर्ने सुझाव दिए ।
३ पुस २०७३

वि.सं.२०७३ पुस ३ आइतवार २०:३७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...