back
NMB ad

पढ्ने जम्मा विद्यार्थी १२ हजार, पास भए २० हजार

Kumari bank ad

Examपरीक्षामा सहभागी हुने जम्मा विद्यार्थी भन्दा पास हुने विद्यार्थीको संख्या बढि हुन सम्भव छ÷छैन । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तो सम्भव हुँदोरहेछ ।

भारतको उत्तरप्रदेशमा यस्तै भएको छ । उत्तरप्रदेशको आगरास्थित बिआर अम्बेडकर विश्वविद्यालयमा भएको यो आठौँ आश्चर्यको घटना हो ।

केही समय पहिले विश्वविद्यालयले लिएको बिएडको परीक्षामा सहभागि भएका जम्मा विद्यार्थी भन्दा झण्डै ८ हजार विद्यार्थी बढि पास भएपछि अहिले त्यहाँ ठूलै हंगामा भएको छ ।

उक्त परीक्षामा जम्माजम्मी १२ हजार ८ सय जना परीक्षार्थी सहभागी थिए । तर रिजल्ट आउँदा भने २० हजार विद्यार्थी पास भए ।
जम्मा परीक्षार्थी भन्दा परिक्षा पास गर्ने विद्यार्थीको संख्या झण्डै दोब्बर भएसँगै अधिकारीहरुले यो मामिलाको जाँच सुरु गरेका छन् ।

विश्वविद्यालयका प्रवक्ताका अनुसार परीक्षाको नतिजा प्रकाशनको काम एउटा निजि कम्पनीलाई दिइएको थियो । विद्यालयसँग १२ हजार परीक्षार्थीको मात्र दर्ता रहेकोमा नतिजा प्रकाशन गर्ने कम्पनीले भने २० हजारलाई उत्तीर्ण गराएपछि पास भएका भनिएका सबै विद्यार्थीलाई आफ्नो विवरण पेश गर्न आदेश दिइएको छ ।

विश्वविद्यालयमा भएको अद्यावधिक तथ्यांकसँग विद्यार्थीहरुले पेश गर्ने विवरण भिडाएर हेरिनेछ र खास पास हुने विद्यार्थीहरुको टुंगो लगाइने बताइएको छ ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...