सात युवाद्धारा रक्तदान

दाङ । दाङका ७ जना युवाहरुले रक्तदान गरेका छन् । जिल्लामा रगतको अभावका विषयमा सञ्चारमाध्यममा समाचार आएको सुनेका उनीहरुले आज घोराहीमा रक्तदान गरेका हुन् ।

युवा अभियानले घोराहीमा आयोजना गरेको स्थानीय योजना निर्माण प्रक्रीया तालिममा सहभागी उनीहरुले रक्तादान गरेका थिए । युवाहरु सविता चौधरी, गौरीशंकर पाण्डे, शेरबहादुर घर्ति, कृष्ण घर्ति, सरिता सिजवाल, बालिका बस्नेत र शीवा चौधरीले रक्तदान गर्नुभएको थियो ।

२०७२ मंशिर २८ गते १७:१५ मा प्रकाशित

You can share this post!

दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड

अख्तियारले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन गर्ने

Related posts