नरहरि आचार्यको स्वास्थ्य सुधारोन्मुख

काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यस्थितिमा क्रमशः सुधार हुँदै गएको अस्ताल स्रोतले जानकारी दिए।

बाँसबारी स्थिति न्यूरो अस्पतालमा रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई भर्ना गरिएको थियो । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि यही माघ २६ गते एक्कासी आचार्यलाई मस्तिष्कघात भएको थियो ।

न्युरो अस्पतलामा प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको टोलीले उनको उपचार गरिरहेको छ । आजबाट उनलाई खाना खुवाइएको छ भने दिउँसोबाट फिजियोथेरापी गर्न थालिएकोछ । उनको अझै बोली आइसकेको छैन भने दाहिने पाटो नचल्ने भएकोछ ।

माघ २८, २०७२, १.००

२०७२ माघ २८ गते १३:१३ मा प्रकाशित

You can share this post!

जय नेपाल भनेको नेपालको जय हो : स्वर्गीय सुशील कोइराला

एसएलसीको प्रश्नपत्र छाप्न थालियो

Related posts