back
NMB ad

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री थापाबीच किन चिसियो सम्बन्ध ?

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भारत भ्रमणको तयारीलाई लिएर मतभेद सतहमै देखापरेको छ। प्रधानमन्त्री भ्रमणको तयारी र एजेन्डा तय गर्न परराष्ट्रलाई भूमिका नदिइएकामा थापाले असन्तुष्ट भएको स्रोतहरूले जनाए।

प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैंले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा असन्तुष्ट प्रकट गर्दै उपस्थित भएनन् । प्रधानमन्त्रीले २ बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले पनि परराष्ट्र मन्त्रालयमा छुट्टै पत्रकार सम्मेलन गर्ने निम्ता पठाएका थिए । तर पछि एकाएक परराष्ट्र मन्त्रालयमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन रद्द भयो। प्रधानमन्त्री कार्यालयमा हुने पत्रकार सम्मेलन बुधबारै तय भएको थियो। परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनको तयारी बिहीबार बिहान तय भएको हो। पत्रकार सम्मेलनको खबर गरेको ३५ मिनेटमा नै परराष्ट्रले रद्द भएको सूचना जारी गर्‍यो।

प्रधानमन्त्री र परराष्ट्रमन्त्री थापाको आपसी व्यवहारबाट समेत दुई नेताबीच मतभेद रहेको पत्रकार सम्मेलनमा नै प्रस्ट देखिएको परराष्ट्रका अधिकारीले बताए। प्रधानमन्त्री पत्रकार सम्मेलनमा आइपुगेपछि परराष्ट्र मन्त्रीलाई खोज्दै थिए। आफ्ना मुख्य सल्लाहकार विष्णु रिमालले परराष्ट्रमन्त्री थापालाई सम्पर्क गर्दा ढिलो हुने खबर आएको जानकारी प्रधानमन्त्रीलाई दिएलगत्तै उनले पत्रकार सम्मेलन अघि बढाउन निर्देशन दिएका थिए। मुख्य सचिव सोमलाल सुवेदीले पत्रकार सम्मेलन अघि बढाएका थिए। त्यसपछि परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरेर बोलाउँदै सम्मेलनमा सहभागी गराइयो। बैरागी हतारहतार गर्दै आएर एक छेउमा उभिए। पछि उनलाई मुख्य सचिव सुवेदीको छेउमा लगेर राखिएको थियो ।

प्रधानमन्त्रीले नै भ्रमणबारेमा पत्रकार सम्मेलन गर्नु अस्वभाविक भन्दै उपप्रधानमन्त्रीले त्यहाँ उपस्थिति नजनाएको स्रोतले जनायो। ‘परराष्ट्रमन्त्री वा मन्त्रालयले भ्रमणको ब्रिफिङ गर्ने हो। प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयले होइन। भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा वा अन्य मुलुक जाँदा आफू राजकीय वा कुन भ्रमणमा जान लागेको आफैंले भन्दै हिँड्दैनन्,’ परराष्ट्रका एक अधिकारीले भने।

भारत भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल भारत गएको भनेर प्रधानमन्त्री कार्यालयले प्रचार गरेदेखि नै ओली र थापाबीच खटपट सुरु भएको थियो। थापाको चीन भ्रमण हुने समयमा पनि प्रधानमन्त्रीले कानुनमन्त्री अग्नि खरेललाई समावेश गराएर थापाप्रति अविश्वास दर्साएका थिए। अहिले फेरि त्यस्तै अवस्था देखिएको छ। परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भारत भ्रमणले आर्थिक समृद्धिमा साझेदारी गर्ने बताए पनि उनको उपस्थितिबिना हुने गरेको कार्यप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

सुशील कोइरालाको निधनमा श्रद्धाञ्जलि दिन आएका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज परराष्ट्र मन्त्रालयमा आउने भनिए पनि उनी आइनन्। प्रधानमन्त्रीसँगको भेटमा नै थापा उपस्थित भएका थिए। कान्तिपुर

७ फागुन २०७२ / ९:५७

वि.सं.२०७२ फागुन ७ शुक्रवार १०:०६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...