बेलायती राजकुमार हृयारी चैत ७ गते नेपाल आउने

काठमाडौं । बेलायती राजकुमार फ्रिन्स हृयारी अर्को महिना पहिलो नेपाल भ्रमणमा आउने भएका छन् ।

हृयारी नेपाल आउने यो वर्षको सुरुमा नै जानकारी दिइएको थियो । तर, मिति भने बिहीबार घोषणा भएको हो ।

राजकुमार हृयारीले मार्च २० देखि २३ सम्म नेपालको भ्रमण गर्ने तय भएको किङ्सटन प्यालेसले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा हृयारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको छ । साथै उनले भूकम्प पीडितहरुलाई भेट्ने र उनीहरुको अवस्थाबारे जानकारी लिनेछन् ।

साथै उनले पोखरास्थित ब्रिटिस गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । त्यस क्रममा उनले भूकम्प प्रभावित पूर्व गोर्खा सैनिकहरुको अवस्थाबारे समेत जानकारी लिनेछन् ।

उनले एक नेशनल पार्कको भ्रमण गर्ने र ट्रेकिङ समेत जाने किङ्सटन प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपाल भ्रमण गर्ने अरुले जस्तै राजकुमार हृयारी पनि प्राकृतिक सुन्दरताको आनन्द लिन उत्सुक छन् ।’

प्रकाशितः २०७२ फाल्गुन १३

२०७२ फागुुण १३ गते १७:०१ मा प्रकाशित

You can share this post!

गोलभेँडाले उचित बजार नपाउँदा किसान मर्कामा

काठमाडौंमा प्रथम ट्वान्टी–ट्वान्टी क्रिकेट कप हुने

Related posts