सुनबारे थाहा पाउनुहोस रोचक जानकारी

काठमाडौँ । विश्वभरको सुन मागमध्ये १० प्रतिशतमात्र औद्योगिक प्रयोजनका लागि मात्र हुने गरेको छ, बाँकी सुन लगानी र गरगहनाका लागि हुने गर्दछ ।

विश्वमा सुन परिषद् (वर्ल्डगोल्ड काउन्सिल)का अनुसार सुनको कुल मौज्दातमा अहिले वार्षिक १.५ प्रतिशतले वृद्धि भइरहेको छ । चीनले करिब ३ सय ५० टन सुन वार्षिक रुपमा उत्पादन गरिरहेको अनुमान छ ।

सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक दक्षिण अफ्रिकालाई उछिन्दै चीन अग्रपंक्तिमा आएको देखिन्छ ।

सबैभन्दा बढी सुन सञ्चित गर्ने मुलुकहरुमा छिमेकी भारत अग्रपंक्तिमा आउँछ । भारतीयहरुसँग मात्र करिब ४० लाख करोड भारु मूल्यको करिब १८ हजार टन सुन रहेको अनुमान छ ।

जुन अमेरिकी फेडरल रिजर्भ बैंकको भन्दा करिब दुई गुणाले बढी हो । भारतमा मात्र विश्वको कुल सुन मौज्दातमध्ये १८ हजार टन गरेको छ ।

सन् २०१० मा भारत एक्लैले बजारको ३० प्रतिशत सुन खरिद गरेको थियो । सबैभन्दा बढी सुन खपत गर्ने मुलुकहरुमा चीन र भारत अग्रपंक्तिमा छन् ।

पूर्वी एसिया, खाडी र भारतमा विश्वभरको गहनामध्ये ७० प्रतिशत यी मुलुकहरुमा रहेको अनुमान छ । कुल मागको एक तिहाइ हिस्सा भने पुरानो सुनबाट आपूर्ति हुने गरेको छ ।

भारत, चीन र टर्कीले सुनका गहनाको विश्वको कुल सुनका गहनाको ५० प्रतिशत खपत गर्ने गरेका छन् ।

गएको एक दशकमा सुनको मूल्यमा ४०० प्रतिशतले वृद्धि भए पनि २५ प्रतिशतले यसको माग बढेको छ ।

वर्ल्डगोल्ड काउन्सिलका अनुसार, सन् २०२० सम्ममा भारतमा सुनको वार्षिक माग १२०० टनभन्दा बढी हुनेछ । जुन आजको मूल्यमा ४ खर्ब रुपैयाँ (२.५ ट्रिलियन भारु) हुन्छ ।

नेपालमा तागत बढाउने औषधिको लागि सुनको खरानी (स्वर्ण भस्म) खाने गरिन्छ भने जापानमा सुनको चाउचाउ बनाएर खाइन्छ ।

त्यहाँ एक प्लेटको ५० अमेरिकी डलर तिरेर खानुपर्ने सुनको चाउचाउ निमार्णमा एक वर्षमा आठ किलो सुन खर्च हुन्छ रे । ‘यसै त कुन, नाममा सुन’ भन्ने नेपाली उखानले सुनको महिमालाई उजिल्याइसकेको थियो ।

तर कानमा सुन नलगाउने मुलुकमा पनि सुनप्रतिको मोह दिनप्रतिदिन बढ्दो छ ।

विश्वमा जब जब डलरको भाउ घट्ने क्रम शुरु हुन्छ । त्यतिखेर सुनको माग बढ्दै जान्छ ।

भनिन्छ सन् १९८७ को वर्षभरिमा विश्व बजारमा सुनको खरीद–विक्रिमा २५ प्रतिशत बढी भएको थियो, त्यो वर्ष खानीबाट मात्र १.३७३ (एक दशमलब तीन सय त्रिहत्तर) टन सुन निकालियो ।

एक वर्षमा यत्ति धेरै सुन निकालिएको यो पहिलो घटना थियो ।

नेपाल पनि पहिले देखि सुन रुचाउने मध्ये कै प्रमुख मुलुक हो । झन अब आएर सुनका गर–गहना निर्यात गर्नेलाई गहना बनाउने उद्योगहरूमा बृद्धि भइ सुनको प्रयोग गर्नेहरूको संख्या पनि बढ्न थालेको स्पष्ट देखिन्छ ।

यही बहुमुल्य सुनबारे विविध जानकारी जानिराखौं । 

  •        धातुहरूमा सबैभन्दा धेरै लचिलो र हथौडाको प्रहारबाट एक औन्स सुनलाई पिट्नाले १०० फूट लम्बाई बन्दछ ।
  •       न्यूयोर्कको फेडरल रिजर्व बैंकमा १४४ करोड डलर मूल्यका १० हजार ५ सय मेट्रिक टन सुन जम्मा छ ।
  •        एक यस्तो अनुमान लगाएको छ कि पृथ्वीको महासागरहरूमा ८ करोड ३५ हजार मेट्रिक टन सुन नै जमीनमा उपलब्ध छ ।
  •      हरेक वर्ष करिब १९ टन सुनबाट केवल विवाहमा लगाउने औंठीहरू बन्दछ ।
  •    गर–गहना बनाउने उद्योगमा सर्वाधिक सुन उपयोगमा आउने गर्दछ । सन् १९९० मा लगभग २ हजार टन सुन मनपर्ने गर–गहना      बनाउन उपयोगमा ल्याएको छ, जुन पाश्चात्य देशहरूको खानीबाट प्राप्त १,७३४ टन भन्दा पनि बढी छ ।
  •     शुद्ध सुनको पान, कहिले काहिँ खाना र  केकमा सजावट गर्नमा उपयोग गर्ने गरिन्छ । यो पद्धति जापानमा अधिक प्रचलित छ ।
  •     क्यारेट शब्द अरेविक, ग्रीक र इटालियन शब्दहरूबाट उत्पत्ति भएको हो ।
  •     सबैभन्दा बढी परिणाममा स्वर्णको प्राप्ति (२,२८० औन्स) सन् १८६९ मा ‘वेलकल स्ट्रन्जर’ अष्ट्रेलियामा भयो ।
  •    सबैभन्दा पहिले क्रिसमस उपहार स्वर्ण थियो ।
  •  टुटान खामेन नामक राजाको तावूत सुनबाट बनेको सबैभन्दा ठूलो प्राचीन धरहरा मानिन्छ । जुन २,४४८ पाउण्ड सुनबाट बनेको हो ।
  •  सबैभन्दा पहिलो स्वर्ण युक्त सिक्का (पैसा) सन् ५५० ईशा पूर्वमा प्राचीन एशिया माइनर राज्यका राजा क्रोइससले छापेका थिए ।
  •    वैवाहिक बन्धनको प्रतीत पारम्परिक सुनको औंठीको शुरुवात ५ हजार वर्ष अगाडि प्राचीन इजिष्टमा भएको हो । यहाँ औंठीको परिधि शाश्वत र आम विवाहको सूचना हो । बायाँ हातको तेश्रो औंलामा औंठी लगाइ दिने प्रचलन पछि मात्र भएको हो । तेस्रो शताब्दीमा ग्रीक चिकित्सक विश्वास गर्दछ कि प्रेमको रक्त वाहिनी यस औंलाबाट आरम्भ भएर सिधा हृदयमा प्रवेश गर्दछ ।
  •     जुन स–साना चीजहरू मानिसले चन्द्रमामा लिएर गएका छन् । ती सब सुनको पत्रले ढाकेका थिए, जस भित्र इलेक्ट्रोनिक रचनाहरूको अल्ट्राभ्वाइलेट किरणहरू र अत्याधिक उष्णताबाट बचाउन सकिन्छ । नासाले पनि स्पेश सटल्सको इन्जिनका भागहरू, हेल्मेट आदि सुनको जलपबाट आच्छादित गर्ने गरिन्छ ।
  •  सुन सबैभन्दा राम्रो विद्युत बाहक मानिन्छ एवं त्यसमा चाँदी वा तामाको जस्तो वर्ण परिवर्तन हुँदैन । अतः आधुनिक इलेक्ट्रोनिक्स उद्योगहरूमा सुनको ठूलो परिमाणमा उपयोग गर्ने गरिन्छ । इलेक्ट्रोनिक उत्पादनहरूमा सन् १९९० मा १४२ टन सुनको उपयोग एक नयाँ रेकर्ड हो ।
  •    सुनबाट बनाएको नून र स्फटिकमय संयोगहरूको उपयोग आजकल वाथको उपचारको लागि हुँदछ । एजेन्सि

२२ फागुन २०७२

२०७२ फागुुण २२ गते १६:५९ मा प्रकाशित

You can share this post!

काँग्रेस महाधिवेशन : ६४ पदकालागि ३७५ जना, को को छन् भिड्ने ?

यसकारण अर्बपति बनें : बिनोद चौधरी

Related posts