फेरि जारी हुँदैछ ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयर

काठमाण्डौं । प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयर फरदर पब्लिक अफरिङ ९एफपिओ० गर्ने भएको छ । कम्पनीको सस्थापक समूहमा हाल रहेको ६० प्रतिसत हिस्सालाई ५१ प्रतिसत कायम गरि सर्वसाधार साधारण समूह ४९ प्रतिसत पुर्याउन एफपिओ गर्न लागिएको हो ।

पुँजी बृद्धिका लागि बोनस र एफपिओ गर्न लागिएको हो । हालसम्म कम्पनीको चुक्तापुँजी २८ करोड ७५ लाख रुपैयाँ छ । बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ३७ करोड रुपैयाँ पुग्छ । एफपिओ जारी गर्ने प्रस्ताव साधारण सभाले पारित गरेर सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने छ । सञ्चालक समितिले अधिकार पाएपछि थप प्रक्रिया अघि बढ्छ ।

कम्पनीको आगामी चैत १७ गते बस्ने साधारण सभामा एफपिओ जारी गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको छ ।

२३ फागुन, २०७२, ११.००

२०७२ फागुुण २३ गते ११:३६ मा प्रकाशित

You can share this post!

त्रिविका पूर्व उपकुलपति शर्माको निधन

२६ गते खण्डग्रास सूर्यग्रहण परेपछि सार्वजनिक बिदा

Related posts