back
NMB ad

युवतीले लुटिन दश तोला सुन र मोबाइल

Kumari bank ad

 म्याग्दी । खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जालीका साथमा रहेको सुन, मोबाइल टेलिफोन र पैसा लुटेकी छन् ।

सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन लगायत सामान लुटिएको पीडितले बताएका छन् ।

खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन तोलाको औंठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाइएको चेन लगायत लुटेर युवती फरार भएकी जुक्जालीले बताए । पीडितको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । खाजासँगै रक्सी खाएका जुक्जाली बिहान मात्रै बिउँझिएका थिए ।

लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत रहेका जुक्जालीको ती युवतीसँग कृषि औजार कारखानामा भेट भएको थियो । सामान किन्न आएकी युवतीले भिजिटिङ कार्ड लगेपछि उनीहरुबीच दुई तीन दिन फोनमा कुरा भएको थियो ।

कपाल खैरो पारिएको, सेतो प्यान्टस् र  सेतो स्विटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाका आधारमा अहिले खोजी भइरहेको छ ।

अरबी भाषा बोल्ने अन्दाजी २० वर्षकी ती युवतीले जुक्जालीसँग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र युवतीको खोजीमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १६:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...