इन्स्योरेन्स कम्पनीले दिने भयो १५ प्रतिशत वोनस सेयर

काठमाण्डौं । नेको इन्स्योरेन्सको साधारणसभाले वोनस सेयर दिन् प्रस्ताव पारित गर्दै हकप्रद सेयरलाई पनि अनुमोदन गरेको छ । सभाले १५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै आफ्नो सभाले वोनस सेयर वितरणपछि कायम हुने पुँजीमा एक बराबर अर्को एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि अनुमोदन गरेको जानकारी दिएको छ । साधारणसभाले अर्को भातृ संस्था स्थापना गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ भने यसको अख्तियारी सञ्चालक समितिले पाएको छ ।

एक अर्ब चुक्ता पुँजी पुर्याउने योजनामा लागेको कम्पनीको वोनस र हकप्रदपछि पुँजी ६४ करोड ८० लाख रुपैयाँ पुग्ने बताइएकोछ ।

१४ चैत, २०७२, ११.३०

२०७२ चैत्र १४ गते ११:४९ मा प्रकाशित

You can share this post!

विद्यालयका कार्यक्रम प्रतिबन्धित, १६ बुँदे सुर्कलर जारी

यूट्युबले च्याट र भिडियो ट्याग गर्न सकिने नयाँ फिचरमा ल्याउँदै

Related posts