खाना पकाउने ग्याँसको मूल्य रु ८८ सम्म घट्ने !

काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको स्वचालित मूल्य कार्यान्वयनमा ल्याउँदै आज बुधवार सामान्य मूल्य घटाउने भएको छ । यसका लागि नाफा भएको बेला स्वचालित मूल्य कार्यान्वयनमा ल्याउँदा दीर्घकालिन रुपमा सजिलो हुने भन्दै संचालक समितिले मूल्य घटाउन स्विकृती दिइसकेको छ ।

अहिले निगमलार्इ एक सिलिण्डर ग्यासमा ८७ रुपैयाँ ७७ पैसा नाफा छ । अन्तर्राष्टिय बजारमै गर्मीयाममा ग्यासको मूल्य घट्छ भने जाडोयाममा मूल्य बढ्ने गर्छ । गर्मी सुरु हुनेवितिकै ग्यासको मूल्य घटिरहेको छ । स्वचालित मूल्य कार्यान्वयनमा आएपछि महिनै पिच्छे ग्यासको मूल्य घटबढ हुनेछ।

२४ चैत २०७२, ११.३०

२०७२ चैत्र २४ गते १२:३८ मा प्रकाशित

You can share this post!

सरकार नै बेच्दैछ भूकम्पपीडितको राहत चामल

फेरि बढ्यो सुनको भाउ !

Related posts