फेरि बढ्यो सुनको भाउ !

काठमाण्डौं । स्थानीय बजारमा आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आज बुधबार सुनको मुल्य बढेर प्रतितोला ५४ हजार १ सय रुपैयामा कारोवार भइरहेको छ ।

केही समय यता ओरालो लाग्दै प्रतितोला ५४ हजार रुपैयाँ भन्दा तल झरेको सुनको मुल्य आज पुनः ५४ हजारभन्दा माथी पुगेको हो ।

यसैगरी बजारमा चाँदीको मुल्य पनि बढेको छ । बुधवार चाँदी प्रतितोला ७ सय १० रुपैयाँ कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

२४ चैत २०७२, ११.३०

२०७२ चैत्र २४ गते १२:४२ मा प्रकाशित

You can share this post!

खाना पकाउने ग्याँसको मूल्य रु ८८ सम्म घट्ने !

बर्मा संसारकै दानी देश

Related posts