मिर्गौला पीडित सहकर्मीलाई मेगा बैंक कर्मचारीले दिए पाँच लाख

काठमाडौं । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थोपचार गराइरहेका मेगा बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई मेगा बैंक कर्मचारी युनियनको पहलमा पाँच लाख रुपैँया सहयोग गरिएको छ ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपैंयामा पाँच लाख रुपैँयाको चेक हस्तान्तरण गरेका छन् ।

मेगा बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ हजार ३ सय ९८ र युनियनका सल्लाहकार तथा पदाधिकारीबाट त्यसमा २५ हजार ६ सय २ रुपैँया थप गरी पाँच लाख रुपैँया सहयोग गरिएको हो । मेगा बैंकका सिइओ शाहले आफ्नै सहकर्मीलाई सहयोग गर्नका लागि कर्मचारी युनियनले गरेको पहलको प्रशंसा गरेका छन् ।

०१ बैशाख २०७३

२०७३ वैशाख १ गते १३:३६ मा प्रकाशित

You can share this post!

भिखारीको कमाई महिनाको ७५ लाख भन्दा बढी

आजबाट अवैध मोबाइल सेट नचल्ने

Related posts