भूकम्पपीडितका लागि छुट्याइयो १२ अर्ब ६० करोड !

काठमाण्डौँ । आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रम विवरण पेश गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको छ भने प्राधिकरणले यसअघि र अहिले गरी रु १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार भूकम्पबाट पूर्ण रुपमा घर क्षति भएका नागरिकलाई दिन निकासा गरेको छ ।

विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन ९पिडिएनए० मा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई बजेट पेस गर्न पत्राचार गरिएको प्राधिकरणले जनाएको छ । गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुलीमा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूची अनुसार रकम उपलब्ध गराउन आग्रह गरेकोछ ।

१९ बैशाख २०७३, १.००

२०७३ वैशाख १९ गते १३:१६ मा प्रकाशित

You can share this post!

अमेरिकामा नेपाली व्यापार मेला, करिब १० करोड खर्च गरिँदै

गौरिकाको ३० औं कीर्तिमान

Related posts