back
NMB ad

फोर्ब्सको सूचीमा सर्वाधिक धनी १५ वर्षे बालिका …

Kumari bank ad

आफ्नो चप्पलमा माछा कोरेर व्यवायमा पसेकी एक बालिका । तीन वर्ष पहिले, फोब्स म्यागजिनले उनलाई सर्वाधिक धनी १५ वर्षे बालिकाका रुपमा राखिसकेको छ ।

टेक्सस राज्यको गालभेष्टो आइल्याण्डमा जन्मिएकी उनी समुन्द्र र त्यसको किनारमा खेलेर हुर्किएकी थिइन् । उनका आमा बुवाले उनलाई समुन्द्र किनारमा घुम्न, पौडी खेल्न, माछा मार्न लिएर जान्थे । उनलाई चित्र कोर्न औधी मन पथ्र्यो भने सुमद्रका माछाहरुप्रति उनी बढी आकर्षित थिइन् ।

उनी त्यतिबेला ८ वर्षकी थिइन् । जब उनी समुद्रमा खेलिरहेकी थिइन् । त्यति नै बेला उनले आफ्नो चप्पलमा माछाको चित्र कोरिन् र त्यसमा रंग भर्ने काम गरिन् । उनको काम उनी आफैलाई मन पर्यो र दौडिँदै आफ्नो बुवाको छेउ पुगेर उनले भनिन्, ‘ड्याडी हेर्नुस् फिस फ्लप !’ उनको पितालाई त्यो नाम मन पर्यो र उनले फिस फ्लप डट कम नाम आफ्नो मातहतमा रजिष्टर गरे ।

बैंकको जागिरेबाट रिटायर्ड भएका र टिसर्टमा डिजाइन भर्ने काममा प्रवेश गरेका उनका पिताले उनलाई हौसला दिए । उनी आफ्नो चप्पलहरुमा रंग र फ्ल्यास लाइट राखेर अझ राम्रो बनाउन थालिन् । उनका पिताले उनले बनाएका जुत्ताहरु विभिन्न कम्पनीमा नमुनाका रुपमा लैजाने गर्न थाले तर ती सबै कम्पनीहरुले त्यो समयमा उनको चप्पलाई किन्न मानेनन् ।

यस्तो अवस्थामा पनि आफू निराश नभएर अझ उत्कृष्ट काम गर्न प्रेरित भएको म्याडी बताउँछिन् । उनका अनुसार त्यो समयले उनलाई धैर्यता सिकायो । उनले आफूले बनाएका चप्पलहरु अस्पताल, अनाथ आश्रममा सित्तैमा दिने काम गर्थिन् । यसका साथै उनले आफ्ना चप्पलहरुलाई व्यापार मेलाहरुमा स्टलमा राख्न थालिन् । बच्चाहरुले उनको डिजाइन मन पराउन थाले । त्यहीबाट नै उनले १० लाख रुपैयाँ कमाइन् ।

त्यसपछि सन् २०१० मा उनले यो कम्पनी नै खोलिन् । उनले बच्चाहरुले लगाउने चप्पलमा चित्रहरु कोर्न थालिन् । विशेष गरी पानीमा बस्ने माछाहरुबाट प्रेरित भएकी उनी आफ्ना डिजाइनर चप्पलहरुमा विशेष गरी माछा, भ्यागुता, पेन्गुइन आदि पानी जनावर, लेऊ, फूल जस्ता चित्रहरु कोर्ने थालिन् । उनले पछि बिस्तारै रेनबुट, जाडोमा घरभित्र बस्दा लगाउने जुत्ता आदि बनाउन थालिन् र व्यापारको दुनियाँमा प्रवेश बिस्तारै छाउँदै गइन् ।

म्याडिसनले व्यापारमा त्यो बेला ठूलो ब्रेक पाइन् जतिबेला उनले महिला, पुरुष एवं बालबालिका सबैका लागि सबै प्रकारका लुगा एवं प्रसाधनहरु बेच्ने कम्पनी नडस्टोमलाई आफ्नो चप्पलहरुको बारेमा बताउँदै पत्र लेखिन् । यो पत्रपछि नडस्टोमले उनका केही चप्पलहरु आफ्नो पसलमा राख्यो र त्यो अत्यधिक रुचाइयो । योसँगै पछि आफ्ना ६४ स्थानमा नडस्टोमले म्याडिसनको फिस फ्लपलाई बजार दिलायो ।

सन् २०१३ मा याहुले उनको कथा लेख्यो । कसरी एक १५ वर्षीया युवती करोडौंको व्यापारी बनिन् र नडस्टोमसम्म पुगिन् भनेर लोख्यो । यसले उनलाई थप उचाईमा पुर्यायो । नडस्टोमले उनको सामाग्रीलाई व्यापारको हिस्सा बनाएर करोडौं उनलाई दिएपछि यही समयमा नै फोब्र्स म्यागिजनले पहिलो पटक किशोर उमेरमै धनी हुने ५ जना भित्र म्याडिसनलाई समावेश गर्यो ।

केही समय अगाडि मात्र आफूले डिजाइन गरेका २० हजार जोर भन्दा बढी चप्पलहरु विभिन्न अनाथ आश्रम एवं क्यान्सर जस्ता रोगहरुसँग लडिरहेका बालबालिकाहरुलाई दिएपछि उनी फेरि एक पटक चर्चामा आएकी थिइन् ।

उनी अहिले १८ वर्षकी भइन् भने चप्पलबाट सुरु भएको उनको यात्रा, बच्चाहरुको टिसर्ट, टोपी, जुत्ताबाट फैलिएर युवा युवतीले लगाउने चप्पल र कपडाहरुको डिजाइनमा पनि फैलिएकोछ ।

एजेन्सीको सहयोगमा, २० बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख १९ आइतवार १८:३६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...