बन्ने भयो झापामा अन्तर्राष्ट्रिय रंगशाला

काठमाण्डौं ।  सरकारले आर्थिक वर्ष २०७३र७४ को नीति तथा कार्यक्रममा खेलकुदको भौतिक संरचना निर्माणलाई जोड दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा खेलकुदतर्फ भौतिक संरचना निर्माणका लागि जोड दिइएको हो । प्रस्तुत कार्यक्रममा स्वस्थ तथा अनुशासित नागरिक सिर्जनाका लागि खेलकुद विकासमा जोड दिइने उल्लेख छ ।

नीति तथा कार्यक्रममा खेलकुदको माध्यमबाट राष्ट्रिय एकता सुदृढ गर्न प्रत्येक प्रदेशमा एक रंगशाला र बहुउद्देश्यीय कभर्डहल निर्माण गरिने, तेह्रौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा रंगशाला स्तरोन्नतिको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने उल्लेख छ ।

नीति तथा कार्यक्रममा झापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको एक रंगशालाको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सुरु गरिने उल्लेख छ ।

प्रकाशितः २०७३ वैशाख २७

२०७३ वैशाख २७ गते १३:२९ मा प्रकाशित

You can share this post!

Nepal to bring in one million tourists in 2018

अफगानिस्तानमा सडक दुर्घटनामा परी ७३ को मृत्यु

Related posts