back
NMB ad

अब अमेरिकी भिसाका लागि बैँक स्टेटमेन्ट र लालपूर्जा नचाहिने

Kumari bank ad

काठमाण्डौं । अमेरिकी भिसाका लागि निवेदन दिन अब सजिलो हुने भएको छ। जेठ १९ गतेदेखि पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा अब बैँक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा नचाहिने भएको छ।

‘सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय बचत गर्न’ यसो गरिएको अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।दूतावासका अनुसार अब कागजी प्रक्रिया घटाउनका लागि  निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्रसमेत ल्याउनु पर्दैन। यस्ता प्रकारका कागजातहरु ल्याए दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइने छ।

के-के कागजात चाहिन्छ?
जेठ १९ गते लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा यी कागजपत्रहरू मात्र ल्याउनु पर्ने दूतावासले जनाएको छ –

  • राहदानी
  • पुराना राहदानी
  • DS-160 कन्फर्मेशन पेज
  • आवेदन शुल्क भुक्तानी रसिद
  • फोटो
  • I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
  • ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि)

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने बताएको छ।  अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्‍त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेको बताएको छ।

कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्‍त गरेकोले यस्तो व्यवस्था गरिएको जनाइएको छ।

४ जेठ २०७३, ३.००

वि.सं.२०७३ जेठ ४ मंगलवार १५:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...