तीन बुँदे सहमतिपछि खुल्यो एयरपोर्ट, सबै उडान सुचारु

काठमाडौ । नेपाल वायुसेवा निगम व्यवस्थापनपक्षसँग ३ बुँदे सम्झौतामा हस्ताक्षर भएपछि ४ घण्टा अवरुद्ध उडान पुनः सुचारु भएको छ । धर्नामा बसेका निगमका श्रमिक र व्यवस्थानपक्षबीच भएको सम्झौताले वायुसेवा र अन्य सबै उडान प्रभावित बन्न पाएन ।

सम्झौताअनुसार श्रमिकले खाईपाई आएको तलबमा राज्यले बढाएको १७०० थप गर्ने, नेपाल एयरलाईन्सले ठेकेदार परिवर्तन गरेपनि हाल कार्यरत श्रमिक नै कायम रहने र नेपालको श्रम ऐनले तोकेको सेवा, सुबिधा र बिदाको व्यवस्था गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
श्रमिकले पनि एयरलाईन्सको प्रगतिको खातिर कम्पनीले दिएको जिम्मेवारीलाई कम्पनीको नियमावली भित्र रहि इमान्दारीताका साथ पालना गर्ने सहमति भएको पर्यटन मजदुर यूनियन नेपाल ट्रेकिङ्–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (यूनिट्राभ)का महासचिव सुमन पराजुलीले जानकारी दिएका छन् ।airport0

२०७३ जेष्ठ ६ गते २०:५९ मा प्रकाशित

You can share this post!

अब दुई वर्षभित्रै नेपालमा आफ्नै पेट्रोल उत्पादन !

नयाँ बजेटले कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाउने

Related posts