back
NMB ad

बहिनीको शंकास्पद मृत्युपछि बेल्जियमबाट फर्किए विमल

Kumari bank ad

काठमाण्डौं । बहिनीको शंकास्पद मृत्युपछि बेल्जियममा रहेका राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार काठमाडौं आइपुगेका छन्।

शुक्रबार बिहान ११ बजे एयरपोर्टबाट सिधै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्। विमलले ‘अन्तिमपटक बहिनीको अनुहार हेर्ने’ बताएपछि पोस्टमार्टमको समय सारिएको छ।

चिकित्सकहरुले १० बजेपछि नै पोस्टमार्टमको तयारी गरेका थिए। घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका विमल बहिनीको मृत्युको खबर पाएपछि फर्किएका हुन्।

बर्दघाट नगरपालिका-८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो। पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

यति बेला टिचिङ अस्पतालमा मनिषाकी आमासहित आफन्तहरु, विमलका खेलाडी साथी, शुभचिन्तकहरुको भिड लागेको छ। प्रहरीमा काम गर्ने उनका बुबाको दुर्घटनामा मृत्यु भएको थियो। घरमा आमा र बहिनीमात्रै थिए।
१४ जेठ २०७३, १०.००

वि.सं.२०७३ जेठ १४ शुक्रवार ११:५६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...