आजबाट खानीखोला हाइड्रोको सेयर (हेरौं कहाँ–कहाँबाट भर्न सकिन्छ)

काठमाण्डौं ।  आजदेखि खानीखोला हाइड्रोपावर कम्पनीको प्राथमिक साधारण सेयर आवेदन खुला भएको छ। ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर बिक्रीका लागि चाँडोमा जेठ १९ गते आवेदन बन्द हुनेगरी निस्कासन गरिएके हो।

अंकित मूल्य १ सयका दरले आवेदकले न्यूनतम १ हजार र अधिकतम १ लाख रुपैयाँसम्मको आवेदन दिन सक्ने छन्। सेयरको विक्री प्रबद्र्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।

कम्पनीको अधिकृत पुँजी ५० करोड रहेको छ भने जारी पुँजी ४६ करोड रहेको छ। कम्पनीमा संस्थापकतर्फको ७० र साधारणतर्फको ३० प्रतिशत लगानी रहेको छ।

सो कम्पनीको सेयरले इक्रा नेपालबाट ग्रेड ४ प्लसको मान्यता पाएको छ।  इच्छुक आवेदकले सिभिल क्यापिटल मार्केट कमलादी, सिभिल बैंकका शाखा कार्यालयहरु पोखरा, बुटवल, नेपालगञ्ज, हेटौंडा, इटहरी र धनगढीबाट आवेदन दिन सक्ने छन्।

त्यस्तै खानीखोला हाइड्रोको धुम्बाराही पार्टी प्यालेसबाट पनि आवेदन दिन सक्ने छन्। बागमति विकास बैंक सर्लाहीबाट पनि आवेदन दिन सक्ने छन्।

प्रकाशितः २०७३ जेठ १६

२०७३ जेष्ठ १६ गते ११:०२ मा प्रकाशित

You can share this post!

कण्डमको विज्ञापन पूर्ण रुपमा प्रतिबन्ध !

सरकारी बजेटले गाडीको मूल्य ५ देखि १० लाखसम्म घट्यो !

Related posts