back
NMB ad

टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुनमा खत्री र स्याङ्बोले बाजी मारे

Kumari bank ad

हरिशरण न्यौपाने, रसुवा । भूकम्पले तहसनहस पारेको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिबिधि सुचारु भइ पुरानै अबस्थामा फर्कीसकेको संदेश दिन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुन –२०१६ सम्पन्न भएको छ ।

नेपालकै उत्कृष्ट ट्रेकिङ गन्तव्य लाङटाङको प्रबद्र्धन गर्ने उदेश्यले आयोजित प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुन –२०१६ मा पुरुषतर्फ आर्मीका भरत खत्री (९८) र महिलातर्फ फुलमाया स्याङ्बो (१०१)ले प्रथम स्थान हासिल गरे । खत्रीले २१ किलोमिटर लामो उक्त दूरी १ घण्टा २२ मिनेट ५५ सेकण्डमा पुरा गरे । गोसाइकुण्डबाट विहान ७ बजेर ५५ मिनेटमा दौडिन सुरु गरी खत्रीले ९ बजेर १७ मिनेट ५५ सेकण्डमा २१ किलोमिटरको निर्धारित दूरी पूरा गरेका हुन् ।

त्यस्तै पुरुषतर्फ होमलाल श्रेष्ठले (५७) ले १ घण्टा २३ मिनेटमा सो दूरी पूरा गरी दोस्रो स्थान हासिल गरे भने गोविन्द प्रसाद अधिकारी (६३) ले एक घण्टा २३ मिनेट ४६ सेकेण्डमा सो दूरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल भए ।

महिलातर्फ भने रसुवाकी फुलमाया स्याङ्बोले प्रथम स्थान हासिल गरिन् । स्याङबोले उक्त दूरी २ घण्टा ७ मिनेटमा पूरा गरिन् ।
महिलातर्फ कमला तामाङ (२०)ले २ घण्टा १८ मिनेट ५३ सेकेण्डमा दौड पुरा गरि द्वितीय स्थान र बिन्दा बि. क. (१०३) ले २ घण्टा २२ मिनेटमा १७ मा दौड पुरा गरि तृतीय स्थान हासिल गर्न सफल भईन् ।

हाफ म्याराथुनमा प्रथम, द्धित्तिय र तृत्तिय स्थान हासिल गर्नेलाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै दौडमा सहभागीहरुलाई सम्मानपत्र उपलब्ध गराईएको थियो । दौडमा २३ महिला सहित १ सय ३ जनाले सहभागिता जनाएका थिए ।

टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङको सभापतित्वमा कार्यक्रमको समापन गरिएको थियो ।

म्याराथुनबारे के भन्छन् आयोजक ?

तेजबहादुर गुरुङ, प्रथम उपाध्यक्ष, टान : २०७२ बैशाख १२ गतेको महाभूकम्पले जसरी लाङटाङ क्षेत्र गोसाईकुण्ड क्षेत्रलाई सबभन्दा बढि क्षतविक्षद् बनायो, यो क्षेत्र फेरी पुनःअवस्थामा ल्याउन सकारात्मक सन्देश दिनुपर्छ, प्राथमिकतामा राखेर प्रबद्र्धन गर्नुपर्छ भन्ने उदेश्यले प्रथम टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुन आयोजना गरेका हौं । लाङटाङ गोसाईकुण्ड क्षेत्रमा १०३ जना धावकले दौडिन कुनै समस्या भएन भने ट्रेकिङ गर्न पनि यो पदमार्ग सुरक्षित छ, यहाँको लजहरुमा पर्यटकलाई राख्न सकिन्छ, स्थानीयहरु पनि उत्साहित छन् त्यसकारण यो क्षेत्र पर्यटकलाई सुरक्षित छ भन्ने सन्देश दिन कार्यक्रम सफल भएको छ ।

सरिता लामा,कार्यसमिति सदस्य,टान : लाङटाङ राष्ट्रिय निकुञ्जसहित हामीहरुको चेकपोष्ट पनि यहाँ रसुवामा छ, पर्यटकलाई सुरक्षा दिन यहाँका सुरक्षा निकाय आर्मी, प्रहरीसँगको सम्बन्ध सुमधुर छ । साथसाथै आर्थिक दृष्टिकोणले महत्वपूर्ण पर्यटन क्षेत्र त्यसमा पनि लाङटाङ गोसाईकुण्ड क्षेत्रको प्रबद्र्धनका साथै यहाँको व्यापारिक कृयाकलाप बढाउँदै स्थानीयको आर्थिक सुधारको सन्देश दिन लाङटाङ गोसाईकुण्ड पदमार्ग सुरक्षित छ भन्ने सन्देश दिन म्याराथुन सफल भएको छ । आर्थिक तथा भौतिक क्षतिलाई यथास्थानमा ल्याउन अन्तर्राष्ट्रिय स्तरमा पुरै तहसनहस भएको, सुरक्षा नभएको र बसोबासको स्थिति पनि नभएको भन्ने नकारात्मक सन्देश गईरहेको र त्यसलाई हटाउन कार्यक्रम सफल भएको छ ।

पेम्बा शेर्पा(संगम), कार्यसमिति सदस्य, टान : भूकम्पपछि नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्यमध्येमाा लाङटाङमा बढि क्षति र बढि असर भएको थियो । अब भने लाङटाङ क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो । टानले दिगो पर्यटन विकासका लागि लाङटाङ पहिलाभन्दा पनि उत्तम गन्तव्य बनिसकेको सन्देश कार्यक्रममार्फत दिएको छ । हामीले स्लोगन पनि राख्यौं ʽलेट्स गेट स्माईल ब्याक टु लाङटाङʼ अर्थात् लाङटाङमा पुन खुसीयाली ल्याउन हामी सफल भएका छौं । सबै कम्पनीलाई भन्छौं लाङटाङमा अब आउने सिजनमै पर्यटकको आगमन ह्वात्तै बढ्ने र आन्तरिक पर्यटनको पनि प्रबद्र्धन भएको हामीले बुझेका छौं ।
१७ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ १७ सोमवार ११:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...