back
NMB ad

सेयर के हो ? कहिले आउँछ बजारमा ? कसरी गर्ने लगानी ?

Kumari bank ad

एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई सेयर निष्कासन गर्नुपरेमा कम्पनीहरू प्राथमिक सेयर निष्कासन (आईपीओमा)मा जान्छन् । यसरी आईपीओमा जानुभन्दा अघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् ।

आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी पाउँछ । यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुँदा लगानीकर्ता विश्वसनीयतामा भर पर्न सक्छन् ।

आह्वानपत्रमा उल्लेख भएको सेयर विक्री प्रबन्धक वा तोकिएका सङ्कलन केन्द्रबाट आईपीओमा लगानी गर्न फारम पाइन्छ । फारममा लगानीकर्ताले कति कित्ता सेयर लिन चाहेको हो, उल्लेख गरेर आफ्नो बारेमा मागिएको जानकारी पनि भर्नुपर्छ । सेयर फारममा हस्ताक्षरसमेत गर्नुपर्ने हुन्छ । पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ ।

फारम भर्नेको बैङ्क खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ । मागेको भन्दा कम सेयर परेमा वा सेयर नपरेमा त्यही खातामा रकम जम्मा गर्न मिल्ने गरी विक्री प्रबन्धकले एकाउण्टपेयी (अर्थात् खातामै रकम जाने) चेक जारी गरिदिन्छ । फारम भर्न जाँदा आफ्नो पासपोर्ट साइजको दुईप्रति फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ । सक्कल नागरिकता प्रमाणपत्रसमेत सङ्कलन केन्द्रमा देखाउनुपर्ने भएकाले साथमै बोक्नुपर्छ । निश्चत सीमाभन्दा बढी रकमको सेयर माग गर्दा आम्दानीको स्रोत उल्लेख गर्नुपर्ने हुन्छ भने एकाउण्टपेयी चेकबाटै भुक्तानी दिनुपर्छ ।

आवेदन गरेको शेयरको बाँडफाँट निष्कासित सेयरको आधारमा ४० देखि ७० दिन लाग्छ । शेयर बाँडफाँट भएपछि लगानीकर्ताले कति सेयर पाए भन्ने यकिन हुन्छ । पाएको सेयरको प्रमाणपत्र र माग गरेर पनि नपाएको सेयरको रकम फिर्ता भने सङ्कलन केन्द्र वा विक्री प्रबन्धकबाटै पाउन सकिन्छ । माग गरेर पनि भनेजति शेयर नपाएकाले त्यो रकम बापतको ब्याज पनि पाउँछन् ।

तर, यस्तो ब्याज भने जम्मा २ प्रतिशत मात्र पाइन्छ । कतिपय बैङ्क तथा वित्तीय संस्थाले भने आफ्नै सेयरमा लगानी गर्नेलाई लक्षित गरेर सेयरधनी खाता पनि सञ्चालनमा ल्याएका छन् । कम्पनीले मागभन्दा कम सेयर पर्नेलाई रकम फिर्ता दिनुपरेमा आफैले त्यो खातामा रकमसमेत राखिदिने र भविष्यमा दिने नगद लाभांश पनि जम्मा गरिदिने गर्छन् । यो खातामा रकम हालिसकेपछिको ब्याजदर भने केही बढी हुन्छ ।

सेयर बाँडफाँट गरेको ३० दिनभित्र कम्पनीले आफ्नो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर सूचीकरण गराउँछन् । त्यसपछि लगानीकर्ताले (जलविद्युत् जस्ता कम्पनीले स्थानीय बासिन्दा वा यही समूहका लागि जारी गरेको सेयरबाहेक) सेयर कारोबार गर्न सक्नेछन् । कुनै पनि कम्पनीको पहिलो पटकको काराबोरका लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्म रकम तोकिदिन्छ । त्यसपछिको मूल्य भने बजारमा रहेको माग र आपूर्ति अनुसार नै निर्धारण हुन थाल्छ ।

१७ जेठ २०७३, ४.००

वि.सं.२०७३ जेठ १७ सोमवार १६:३० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...