अब दिल्ली टु पोखरा हरेक दिन एसी बस !

पोखरा । भारतको उत्तर प्रदेश राज्य सडक परिवहन निगम गाजियावाद र पोखरा-दिल्ली बस सञ्चालन गर्दै आएको बस समिति मोर्डन ईरा टुर एण्ड ट्राभल्स प्रा.लि.को संयुक्त सञ्चालनामा दिल्लीदेखि पोखरासम्म दैनिक एसी बस सेवा सञ्चालन हुने भएको छ।

पोखराबाट दिल्ली आउँदा पोखरा – स्याङ्जा – बुटवल – भैरहवा – सुनौली – लखनउ – कानपुर – आग्रा- नोएडा हुँदै नयाँ दिल्ली आउने छ। दुबै तर्फबाट बिहान नौ बजे छुट्ने बसको भाडा भारतीय रूपैयाँ २२ सय रहने जानकरी गाराइएको छ।

११ नोभेम्बर २०१४ मा नेपाल-भारत बस सेवा संचालनबारे सम्झौता भए पनि अहिलेसम्म काठमाडौ-दिल्ली मात्रै बस सेवा सञ्चालनमा आइरहेको थियो ।

१ असार २०७३, १०।००

२०७३ असार १ गते १२:५० मा प्रकाशित

You can share this post!

इन्धन र ऊर्जा संकट : राष्ट्रिय सुरक्षामा प्रमुख खतरा र चुनौति

भारतबाट आएका किराले गोलभेडा खेतीमा आतंक !

Related posts