back
NMB ad

यसरी बन्न सकिन्छ व्यवसायी, विश्वका सफल व्यवसायीका छ मन्त्र

Kumari bank ad

हामी धेरैको सपना हुन्छ केही गर्ने र धनी बन्ने । अहिले सफल बन्ने र धन कमाउने नै सबैको उद्देश्य हुन्छ । किनकी यो आधुनिक समयमा समयको माग अनुसार चल्नुपर्ने बाध्यता र साथीभाइसँगको प्रतिस्पर्धाले पनि हामीलाई बाध्य गराएको हुन्छ । यस्तोमा कसरी सफल बन्ने धेरै सूत्रहरु र मन्त्रहरुले हामीलाई अलमल पार्न सक्छ । त्यसैले यसपटक लक्ष्मी मित्तल, अलिको डांगोटे, एण्ड्रयु कार्नेज, हेनरी फोर्ड, भ्लादिमिर लिसिन, डेभिड कोच, जर्ज इष्टम्यानले आफ्नो जीवनमा सफलता पाउन के के गरे ती विषयलाई यहाँ समेट्ने प्रयत्न गरेका छौं । उनीहरुले सफल व्यवसायी र अर्बपति बन्नका लागि अपनाएका मन्त्रहरु :

उनीहरुले व्यवसायको सुरुवात धेरै सानो क्षेत्रबाट गरेका थिए
माथि उल्लेखित भएका व्यवसायीहरु सबै अहिले आफ्नो आफ्नो क्षेत्रमा सबैभन्दा अगाडि छन् भन्दा फरक पर्दैन । त्यति मात्र हैन उनीहरु अर्बपति नै छन् । तर उनीहरु जन्मदै धनी थिएनन् । एन्ड्रयु कार्नेज, हेनरी फोर्ड सबै गरिब परिवारबाट आएका थिए । उनीहरुले अत्यन्त सानो क्षेत्र र सानो लगानी एवं वस्तुहरुबाट व्यवसायको सुरुवात गरे । उनीहरुले आफ्नो असफलताबाट कहिल्यै पनि हार खाएनन् । त्यसैले सफलता भन्ने कुरा रातारात हुने कुरा हैन, सानो क्षेत्रबाट सुरु गरेर र समय लागेर नै मानिस सफल हुन्छ ।

उनीहरु आफ्नो क्षेत्रमा एकचित्त एवं केन्द्रित रहे
यी जति पनि अर्बपतिहरु छन्, जो व्यवसायमा अगाडि बढिरहेका छन् । उनीहरुले हिजो सानो व्यवसायबाट सुरु गरे, आफूलाई व्यवसायीका रुपमा घोषणा गरे, बिस्तारै प्रगति गर्दै अगाडि बढे । आफूलाई अर्बपतिको सूचिमा उभ्याए । यो क्रममा उनीहरुले एउटा कुरा कहिल्यै पनि छाडेनन् त्यो हो एकचित्त एवं केन्द्रित रहेर काम गर्ने । उनीहरुले कहिल्यै पनि आफ्नो क्षेत्रलाई योबाट त्योमा लैजाने काम गरेनन्, उनीहरु एउटै क्षेत्रमा पारंगत, पोख्त र त्यही क्षेत्रका लागि चिनिए । जस्तो कि लक्ष्मी मित्तल स्टिलका लागि, डांगोटे खाद्य सामाग्रीका लागि, फोर्ड अटोमोबाइलका लागि ।

कामदार एवं पार्टनरका रुपमा असल व्यक्तिको रोजाई
कुनै पनि काम एवं व्यवसाय सफल हुनका लागि त्यसमा काम गर्ने कामदार एवं व्यवसायिक पार्टनरको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले आफूले व्यवसाय सुरुवात गरिसकेपछि कस्तो व्यक्तिलाई काममा राख्दैछु भन्ने कुरा ध्यान दिनुपर्छ । त्यो व्यक्ति त्यस भूमिकाको लागि सही छ कि छैन भन्ने कुरा विचार गर्नु पर्छ । यसका साथसाथै त्यो व्यक्ति त्यो क्षेत्रमा दक्ष छ कि छैन भन्ने कुराको पनि पारख गर्न सक्नुपर्छ ।

उद्देश्य राख्नुहोस् र समय समयमा त्यसलाई याद गर्नुहोस्
व्यवसायी बन्छु भनेर सपना देख्नु भन्दा पहिला उद्देश्य राख्नुहोस् । यी माथि उल्लेखित व्यवसायीहरु कसैले पनि रातारात सफलता हात पारेका हैनन्, उनीहरुले उद्देश्य लिएर त्यसलाई पूरा गर्नका लागि मेहेनत गरेका हुन् । त्यसैले उद्देश्य लिनुहोस् र त्यसबाट वञ्चित नहुनका लागि त्यसलाई समय समयमा याद गर्नुहोस् । यसरी उद्देश्य राख्नाले तपाईलाई विचलित हुनबाट जोगाउँछ । यसले तपाईलाई काम गर्दागर्दै असफलता मिलेको बेलामा हतास हुन र निराश बन्नबाट पनि जोगाउँछ ।

उत्साह मिल्ने खालको वातावरण तयार गर्नुहोस्
कुनै पनि क्षेत्रमा अथाह चुनौतिहरु हुन्छन् । कुनै चुनौतिलाई तपाई सजिलै सामना गर्न सक्नुहुन्छ भने कुनै चुनौतिलाई तपाई सजिलै सामना गर्न सक्नुहुन्न । यस्तोमा आफूलाई त्यस कामप्रति लागिरहनका लागि उत्साह मिल्ने खालको वातावरण तयार गर्नुहोस् । उदारहणका लागि ग्लोबल इकोनोमीको क्राइसिसलाई तपाईले सम्हाल्न सक्नुहुन्न तर व्यवसायमा तपाई आफ्नो क्राइसिसलाई पक्कै पनि सजिलै सम्हाल्न सक्नुहुन्छ । त्यसैले क्राइसिस भएका बेला हतास नहुने खालको वतावरण तयार पार्नुहोस् ।

आफ्नो बिजनेस प्लानको खाका तयार पार्नुहोस्
कुनै पनि कामको सुरुवात गर्ने या त काम सुरुवात गर्नुको उद्देश्य तपाईको योजनामा पर्नु जरुरी छ । यदि तपाई आफ्नो काम या व्यवसायले ठूलै क्षेत्र ओगटोस् भन्ने चाहनुहुन्छ भने त्यो तपाईको व्यवसायिक योजनामा देखिनु पर्छ । यसका लागि तपाई व्यवसायिक रुपमा बिजनेश प्लान बनाउने संस्था या व्यक्तिको सहायता लिन सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा,
१ असार २०७३, ५.३०

वि.सं.२०७३ असार १ बुधवार १६:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...